उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि… (भिडियोसहित)

एजेन्सी । हावामा उडिरहेको विमानको अचानक एउटा पाङ्ग्रो बाहिर निस्किँदा यात्रा गरिरहेका विमानका यात्रुको अवस्था कस्तो होला ?

एउटा यस्तै घटना एयर क्यानडा एक्सप्रेस को फ्लाईट ८८४ मा यात्रा गरिरहेका यात्रुहरुमा पनि भएको छ । तर पाइलटको बहादुरीका कारण सबै यात्रु सकुशल रहेका छन् ।

उक्त विमानको ल्यान्डिङ्ग गियरको एक ह्विल उडिरहेको बेला झर्याे । यो घटना एक यात्रुले आफ्नो क्यामेरामा कैद गरे । उनले तत्कालै पाइलटलाई यसको जानकारी गराए ।

४९ यात्रु सवार रहेको उक्त विमान पाइलटले तत्कालै सुरक्षित ल्यान्डिङ गराए । विमानका पाइलट एकदमै अनुभवि थिए ।

त्यसैले पनि उनले विमानको स्थिति नियन्त्रण गर्न सक्षम भए । र विमानलाई दुर्घटनाबाट जोगाए । उक्त समय पाइलटले फलाइटको अपडेट गराउँदै संकट स्थितिको जानकारी गराएका थिए ।

ल्यान्डिङ गराउँदा विमान दुर्घटनामा नपारोस भनेर एयरपोटर्छमा दमकल तैनाथ गरिएको थियो । तर पाइलटले आफ्नो समझदारी देखाउँदै एउटै पाङ्ग्राको साथमा विमान ल्यान्डिङ गरिदिए ।

एविएशन विभाग अहिले उक्त विमानमा आएको त्रुटिबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?