उडान भर्न तयार विमान भित्र दुई वटा परेवा उडेपछि…

काठमाडौं । भारतको अहमदाबाद विमानस्थलमा गो एयरको विमान उडान भर्न तयार भएको बेला विमान भित्र दुई परेवा परेका थिए ।
घटना शुक्रबार भारतको अहमदाबाद विमानस्थलमा भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार अहमदाबाद विमानस्थलमा गो एयरको विमान अहमबादबाट जयपुरका लागि उडान भर्ने तयारीमा थियो ।

तर, विमानमा रहेका क्रु मेम्बर्सले तत्काल विमानबाट ती परेवाहरुलाई बाहिर धपाए । गो एयर यसका कारण यात्रीमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?