हवाइ यात्रा गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस यी ४ कुरा

काठमाडौं । दशैँमा हवाई सेवाबाट यात्रा गर्दै हुनुहुन्छ ? तपाईले टिकट त पक्कै काट्नु भएको होला रु टिकट काट्ने समयमा केही गल्ती भएर कहिलेकाही दुखपनि पाउनु भएको हुनसक्छ । कहिलेकाही टिकट काट्दा हुने सानोतिनो गल्तीले हाम्रो यात्रामै ठुला असर पर्ने गर्दछन् । साथै कहिलेकाही साथीभाइ लाइ टिकट काट्न पठाउदा भएको केही साना गल्तीले आन्तरिक वा बाह्य उडानमा अफ्ठयारो परेको देख्न, सुन्न साथै आफैले भोग्न परेको पनि हुन्छ । त्यसैले टिकट काटदा वा यात्रा गर्दा अपनाउनुस यस्ता सावधानी स्

व्यक्तिसँग होइन संस्थासँग खरिद गर्नुहोस्

टिकट खरिदमा हिजो आाज इ(सेवा बढि प्रयोग गरिन्छ । त्यसरी टिकट काट्दा पनि यात्रा गर्न त सकिन्छ । तर पछि कुनै किसिमका समस्या परेमा जवाफदेही भने हुदैन। यदि संस्थासँग नै टिकट खरिद गर्नुभएको छ भने केहि भैपरि आउने समस्यामा पनि संस्थाले दायित्व निभाउने गर्दछ ।

टिकट राम्रोसँग चेक गर्नुहोस्

यदि टिकट काटि सक्नुभएको छ भने आफुलाइ प्राप्त इमेलहरु राम्रोसँग चेक गर्नुहोस । यदि नाम साथै स्पेलिङ फरक पर्न गएमा यात्रामा अवरोध आउन सक्छ ।
टिकटमा भएको स्पेलिङ र पासपोटमा भएको स्पेलिङ एउटै नभएमा प्लेन चढन पाइन्न ।
टिकट नम्बर छ वा छैन राम्ररी जाँच गर्नुहोस।
जान लागेको ठाँउ र कहाँबाट जान लागेको होभन्ने कुरा सहि छ वा छैन राम्ररी जाच गर्नुहोस।
जाने आउने समय मिलेको छ वा छैन राम्ररी ख्याल गर्नुहोस्।
यदि कुनै कुरा फरक पर्न गएमा तपाइको यात्रा बिथोलिन सक्छ । त्यसैले यात्रा गर्नुपूर्व यी पक्षहरुलाइ राम्ररी ध्यान दिनुहोस ।

टिकटको विश्वसनियतामा ध्यान दिनुहोस्

तपाइले अनलाइन वा ट्राभल एजेन्सी मार्फत लिएको टिकटको बैधानिकतामा विशेष ध्यान दिनुहोस । टिकटमा लेखिएका सबै कुराहरु सहि छ वा छैन साथै तपाइले जुन एयरलाइन्सको टिकट काटिएको हो त्यसको वेबसाइटमा गएर टिकट नम्बर वा रेफरेन्स नम्बर र नाम हेरेर टिकट बैध वा अबैध कस्तो छ जाँच गर्न सकिनछ । जस्तै प्राय वेबसाइटमा माइ ट्रिप्स, माइ बुकिङ्क वा यस्तै मेनुहरु राखिएको हुन्छ ।

अन्य यस्ता कुरामा ध्यान दिनुहोस्

आफूले टिकट काटेको एजेन्सीको सम्पर्क नम्बर साथमा राख्नुहोस किनकी कुनै समस्या आएमा सम्पर्क गर्नुहोस
आफुले यात्रा गर्न लागेको एयरलाइन्सबाट कति केजि सामान ल्याउन सकिन्छ त्यो जानकारी राखेर मात्र यात्रा गर्नुहोस
खासगरि तत्काल काटेको भन्दा अलि समय अघि काटेको टिकटको मुल्य सस्तो पर्नेभएकाले जतिसक्दो छिटै टिकट काट्नुहोस।
साथै यात्रा गर्ने दिन प्लेन चढ्नुभन्दा २ घण्टा अघि नै एयरपोट पुग्नुपर्ने हुन्छ समयमै पुग्नुहोस अन्यथा केही समस्या आइपरेर यात्रामा अवरोध आउन सक्छ ।

यसरी टिकट काट्दा वा यात्रा गर्दा यी साना साना कुरामा ध्यान पुर्याउन सकिएन भने यात्रामा असहजता पैदा हुन्छ । त्यसैले यात्रा गर्दा राम्ररी ध्यान दिएर मात्र यात्रा गर्नुहोला।
लोकपथ डटकमबाट प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

सावधान ! जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति, नत्र…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?