यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

एजेन्सी । अहिले विमान दुर्घटनाका घटना दिनानुदिन भईरहेका छन् । आज पनि इरानमा १८० यात्रु सवार विमान दुर्घटना भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार विमानमा सवार १८० जनासहित चालक दलका सदस्यहरु सबैको मृत्यु भएको छ ।

तर आजसम्मकै सबैभन्दा डरलाग्दा विमान दुर्घटनाको बारेमा सायदैलाई मात्र थाहा होला । अहिले सम्मकै १० भयानक विमान दुर्घटना कहिले र कहाँ भएका थिए त ? जानिराखौँ ।

१. स्पेन

२७ मार्च सन् १९७७ मा संसारमा भएका विमान दुर्घटना मध्ये अहिलेसम्मकै भयानक विमान दुर्घटना भएको थियो । जसमा ५८३ जना मानिसहरुको ज्यान गएको थियो । यो घटना स्पेनको द्वीप टेनेरिफको हवाई अड्डामा दुई विमान रनवे गर्दैगर्दा एकआपसमा ठोकिएर भएको थियो ।

२.जापान

१२ अगस्ट सन् १९८५ मा जापानको राजधानी टाकीयोबाट ककरिब सय मिटर दुरी टाढा जापान एयरलाईन्सको एक विमान दुर्घटना भएको थियो । यो दुर्घटनामा परेर ५ सय २० जनाले ज्यान गुमाएका थिए ।

३.भारत

१२ नोभेम्वर सन् १९९६मा भारतको हरियाणामा साउदी अरब र काजीकिस्तानका दुई विमान एक आपसमा आकाशमा उडिरहेको बेला ठोक्किएर दुर्घटना भएको थियो । जसमा ३ सय ४९ जना मानिसको ज्यान गएको थियो ।

४. पेरिस

३ मार्च सन् १९७४ मा पेरिसमा एक जैगल नजिकै टर्किश एयरलाइन्सको एक विमान दुर्घटनाग्रस्त भएको थियो । यसमा यात्रा गरिरहेका चलक दलसहित ३ सय ४६ यात्रुले ज्यान गुमाएका थिए ।

५. एयर इन्डिया विमान दुर्घटना

२३ जुन सन् १९८५ मा एयर इन्डियाको एक विमान आयरल्याण्ड जाँदै गर्दा आकाशमै दुर्घटना भएको थियो । जसमा सवार ३२९ जनाले ज्यान गुमाएका थिए । उक्त विमान अलगाववादी संगठन बब्बर खालसाले आक्रमण गरेर दुर्घटना गराएको थियो ।

६.साउदी अरब

१९ अगस्ट सन् १९८० मा साउदी अरबको राजधानी रियादबाट सउदिया एयरलाइन्सको विमान १६३ ले उडान भरेको थियो । उडान भरेको केहि समयपछि विमानमा आगो लाग्यो । यो विमान दुर्घटनामा ३ सय १ जनाले ज्यान गुमाएका थिए ।

७. युक्रेन

१७ जुलाई सन् २०१४ मा युक्रेनको दोनोत्सक क्षेत्रमा मलेशिया एयरलाइन्सको विमानलाई आक्रमण गरेर दुर्घटना गराइएको थियो । विमान एम्सटरडमबाट क्वालालम्पुर जाँदै गरेको थियो । उक्त दुर्घटनामा २ सय ८३ जना मरेका थिए ।

८.हरमुज जलमडमरुमध्य

३ जुलाई सन् १९८८ मा हरमुज जलमडमरुमध्यमा ईरान एयरको विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानलाई अमेरिकी नौसेनाले आक्रमण गरेको थियो । उक्त विमान दुर्घटनामा २ सय ९० जनाले ज्यान गुमाएका थिए । अमेरिकाका अनुसार नौसेनाले गल्तीले लडाकु विमान ठानेर आक्रमण गरेको थियो । उक्त विमान तेहरानबाट दुबई जाँदै थियो ।

९.ईरान

१९ फेब्रअरी सन् २००३ मा केमरेन नजिकै पहाडी इलाकामा विमान दुर्घटना भएको थियो । यो विमानमा इरानका रेवोल्युशनरी गार्ड्सका जवान सवार थिए । यो विमान दुर्घटनामा २ सय ७५ जनाले ज्यान गुमाएका थिए ।

१०.अमेरिका

२५ मे सन् १९७९ मा अमेरिकाको इलेनियामा विमान दुर्घटना भएको थियो । अमेरिकन एयरलाइन्सको फ्लाइट १९१ शिकागो बाट उडान भरेको केहि मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । यो विमानमा २ सय ७३ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?