भारतले भित्र्यायो राफेल, चीनले बनायो डरलाग्दो युद्धपोत !

काठमाडौं । भारतले फ्रान्ससँग किनेका ३६ वटा राफेल विमान मध्ये पाँच वटा विमान बुधवार भारत पुगेका छन् ।

यो बेला भारत र चीनका साथै चीन र अमेरिकाको पनि विवादपूर्ण अवस्था रहेको छ । यसैबीच चीनले डरलाग्दो युद्धपोत बनाएको छ ।

चीनले नयाँ बनाएको युद्धपोतसँगै चीनको सैन्य शक्ति झनै बढेको छ । यी सबै क्षमताको बीच अब चीनले २४ घण्टा नै युद्ध गर्न सक्ने शक्ति विकास गरेको छ । अर्थात् अब चीन रातमा पनि लड्न सक्ने भएको छ ।

स्पुटनिक न्यूजमा प्रकाशित एक खबरका अनुसार चीनले आफ्ना दुई युद्धपोतमा तैनाथ फाइटर जेट्स जे १५मा राती पनि लड्न सक्ने क्षमता विकास गरेको हो । यो रिफ्यूलिङलाई क्यापेबिलिटी भनिन्छ ।

अर्थात् अब एउटा जे १५ फाइटर जेटबाट अर्को जे १५ फाइटर जेटमा आकाशमै सहजै इन्धन प्राप्त हुनेछ ।

यो क्षमता विकसित गरेसँगै अब चीन २४ घण्टामै कुनै पनि हमलाका लागि तयार रहन सक्छ । चीनले यो टेक्निक विकसित गर्नको लागि जे १५ मा केहि परिवर्तन गरेको छ ।

योसँगै चीनले आफ्ना युद्धपोत लियाओनिंग र श्यानडोन्गलाई अपग्रेड गरेको छ ।

ग्लोबल टाइम्समा छापिएको एक समाचरका अनुसार नेवल मिलिट्री स्टडीज रिसर्च इन्स्टीट्यूटका रक्षा विशेषज्ञ झांग जुंशीले अब चीन मौसमको जस्तोसुबै अवस्थामा पनि आफ्ना जे १५ फाइटर जेटमा इन्धन भर्न सक्छ ।

यो रातीमा इन्धन भर्न सक्ने क्षमताको सबैभन्दा ठूलो उपलब्धी हो । जुन्सीका अनुसार अब चीन कुनै पनि समयमा युद्धका लागि तयार रहन सक्छ ।

एजेन्सीको सहयोगमा

कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

चीनले यसरी लियो अमेरिकासँगको बदला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?