कोरोना भाइरसविरुद्धको पहिलो ‘भ्याक्सीन’ आउने मिति तोकियो

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमै व्याप्त छ । कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहर अहोरात्र खटिएका छन् । तर अहिले सम्म पूर्ण सफलता भने हात लाग्न सकेको छैन । यसैबीच रुसले तयार पारेको भनिएको कोरोनाविरुद्धको पहिलो भ्याक्सीन लञ्च हुने मिति तोकिएको छ ।

रुसले अबको दुई हप्ता भित्रमा कोरोनाको भ्याक्सीन उपलब्ध गराउने बताएको छ । रुसी वैज्ञानिकका अनुसार अगस्टको मध्येसम्ममा कोरोना भाइरसविरुद्धको पहिलो भ्याक्सीन लञ्च हुनेछ । सीएनएनले रुसी वैज्ञानिकहरुले कोरोनाविरुद्धको पहिलो भ्याक्सीन १० अगस्ट वा त्यो भन्दा पहिला नै आउन सक्ने दाबी गरेका छन् ।

रुसको राजधानी मस्कोमा स्थित गामालेया इन्स्टीट्यूटमा यो भ्याक्सीन बनाइएको हो । गामालेया इन्स्टीट्यूटका वैज्ञानिकहरुले आम नागरिकका लागि यो भ्याक्सीन १० अगस्टमा उपलब्ध गराउने बताएका छन् । संसारको पहिलो कोरोना भ्याक्सीन सबैभन्दा पहिला फ्रन्टलाईन हेल्थवर्कर्सलाई दिइने बताइएको छ ।

यसैबीच यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ६४ हजार ३३३ जनाको मृत्यु भएको छ भने १ करोड ६९ लाख ३२ हजार ९८८ जनालाई संक्रमण भएको छ । त्यस्तै १ करोड ४ लाख ९५ हजार १११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार ५६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?