भारतले भित्राएको राफेल विमानको कति हो मूल्य ?

काठमाडौं । राफेल फ्रेन्च भाषाको शब्द हो । यसको मतलव हुन्छ, हावामा आँधी ल्याउने विमान ।

यो लडाकू विमान भारतले फ्रान्ससँग ३६ वटा किनेको छ । पहिलो चरणमा भारतमा आज (बुधवार) ५ वटा राफेल आईसकेका छन् ।

जसका कारण भारतीय राजनीतिमा पनि यसले हलचल मच्चाएको छ । योसँगै भारतमा सैन्यशक्ति झनै बढेको अनुमान गर्न सकिन्छ ।

मंगलवार फ्रान्सबाट उडेको विमान बुधवार दिउँसो भारत आईपुगेको हो ।

भारत सरकारले यी लडाकू विमानका लागि सन् २०१६ मै ५८ हजार ८९१ करोड भारतीय रुपैयाँ दिईसकेको छ ।

भारतले पैसा तिरेको ६७ महिना पछि ५ राफेल विमान भारतले पाएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?