चीनले यसरी लियो अमेरिकासँगको बदला !

काठमाडौं । अमेरिका र चीनको बीचमा तनावपूर्ण अवस्था सिर्जना भईरहेको छ । अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ दूतावास बन्द गरेपछि चीन रुष्ट बनेको छ ।

दक्षिण चीन सागरमा अमेरिकाले देखाएको गतिविधले रुष्ट बनिरहेको चीन अमेरिकाले ह्यूस्टनमा रहेको दूतावास बन्द गरेपछि झनै रुष्ट बनेको हो ।

७२ घण्टामा जसरी चीनले उक्त दूतावास खाली गर्नुपर्यो त्यसको बदला लिनको लागि चीनले चेंगदूमा रहेको अमेरिकी झण्डा निकालिदिएको छ ।

सोमवार चिनियाँ सञ्चारमाध्यममा देखाईएको एक दृश्यमा अमेरिबी झण्डालाई बिस्तारै बिस्तारै निकाले देखिएको हो ।

दुबै देश एक अर्कामा राष्ट्रिय सुरक्षाको विषयलाई लिएर गम्भीर आरोप लगाईरहेका छन् ।

बितेका केहि हप्ता यता अमेरिका र चीनबीचमा शीत युद्धको जसरी सम्बन्ध बिग्रिँदै गईरहेको छ ।

चेंगदू दूतावास बन्द गर्ने निर्णय चीनले अमेरिकाले ह्यूस्टनमा रहेको दूतावास बन्द गरेपछि लिएको थियो ।

अहिलेसम्म चेंगदूलाई अमेरिकीहरुले कहिले छोड्नेछन् भन्ने कुरा भने बाहिरिएको छैन ।

ह्यूस्टनमा चिनियाँ दूतावासका कर्मचारलाई ७२ घण्टामा खाली गर्न आदेश दिइएको थियो । शनिवार भने चेंगदूको दूतावासमा अमेरिकी प्रतिक चिन्ह हटाइएको देखिएको थियो ।

यसैबीच ट्रक्स दूतावास नजिक आएर ब्यागहरु हालीरहेको देखिएको थियो । चीनले भने यो अमेरिकाकै भाषाको जवाफ भएको बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?