रुसले अचानक ‘एस-४००’ मिसाइल नदिने भनेपछि चीनले दियो यस्तो प्रतिक्रिया

काठमाडौं । रुसले चीनलाई दिने भनेको ‘एस-४००’ मिसाइल डिफेन्स सिस्टमको आपूर्तिमा तत्काल प्रतिबन्ध लगाएको छ ।

शक्तिशाली मानिएको ‘एस-४००’ मिसाइल सिस्टम अचानक चीनलाई दिन प्रतिबन्ध लगाएपछि यसको बारेमा धेरै चर्चा भईरहेको छ ।

यो मिसाइल एकदमै शक्तिशाली मध्येको एक हो । जसले सतहबाट हावामा मार्ने क्षमता राख्छ । रुसले डेलिभरीमा प्रतिबन्ध लगाउँदै भन्यो, भविष्यमा ‘एस-४००’ को डेलिभरीलाई लिएर समय निर्धारित गरिनेछ ।

चीनका सञ्चारमाध्यमहरुले भने रुसले चीनलाई दिने भनेको उक्त मिसाइलको फैसला रद्ध गरेको छ ।

रिपोर्टमा रुसले यो हतियार पुर्याउने काम रुसका लागि जटिल रहेको बताएको छ । किनभने चीनले प्रशिक्षणको साथै सैन्य कर्मी र टेक्निक स्टाफ पठाउनु पर्छ ।

त्यस्तै रुसले पनि उताबाट पठाउनको लागि धेरै संख्यामा टेक्निक कर्मी आवश्यक रहेको बताएको छ ।

उनीहरु सबैलाई चीन पठाउनु पर्ने भएकोले यो धेरै गाह्रो काम भएको रुसले बताएको छ । यसबारेमा चीनले भने रुसले आवश्यक भएरै यो कदम उठाएको हुनसक्ने बताएको छ ।

रुसले सन् २०१८ मा चीनलाई एस ४०० मिसाइलको पहिलो ब्याच दिएको थियो । एस ४०० वायु रक्षा मिसाइल प्रणाली रुसमा सबैभन्दा राम्रो प्रणाली मानिन्छ ।

यो मिसाइल प्रणालीले ४०० किलोमिटरको दूरी र ३० किलोमिटरको उचाईको लक्ष्य सहजै साँधन सक्छ ।

यो प्राणालीले ४०० किमी टाढासम्मका दुश्मनलाई निशाना बनाउन सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?