नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित ६८२ पुगे (विवरणसहित)

काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना भाईरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा अछाम मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुष रहेका छन् । उनको सेती अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनी अछाम अस्पतालमा उपचाररत रहेका छन् ।

त्यस्तै बर्दियाका ३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा गुलरिया १० का २२ र २४ वर्षीय पुरुष तथा गुलरिया २ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरुको भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

त्यस्तै आज नै पर्साका १ र काठमाडौंका १ गरी दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिराभवानी गाउँपालिकाको कालिका माइ क्वारेन्टाइनमा रहेका एक १८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि काठमाडौं महानगरपालिका वडा नं १५ घर भएका कलैया बारामा बस्दै आएका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ भने ११२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ४ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

यसअघि आज बिहान मात्रै ७२ जना संक्रमित थपिएका थिए ।  हालसम्म नेपालका ७ वटै प्रदेश र ७७ मध्ये ४२ वटा जिल्लामा यो संक्रमण फैलिसकेको छ । यसअघि आज रौतहटमा मात्रै २६ जनामा एकैपटक संक्रमण पुष्टि भएको थियो भने काठमाडौंमा ४ जना थपिएसँगै कुल १७ जनामा संक्रमण देखिएको छ ।

विश्वभर आक्रामक रुपमा फैलिएको यस भाइरसबाट बच्न लकडाउनको नीति लिईएतापनि लकडाउनको पूर्ण पालना गराउन गर्न नसक्नु, न्यून परीक्षण, नेपाल भारत खुल्ला सीमा, व्यक्तिहरुको असावधानीपूर्ण आचरण, क्वारेन्टाईनको उचित व्यवस्थापनको अभाव, आईसोलेसन पर्याप्त नहुनु लगायतका कारण नेपालमा यो भाइरस निकै तिव्र रुपमा फैलिएको छ । हालसम्म ३ जनाको मृत्यु समेत भएको छ भने विश्वभर १ सय १७ जना नेपालीको ज्यान गएको तथ्यांक छ ।

लोकपथमा यसअघि प्रकाशित यी समाचार हेर्नुभएको थियो ? तपाईलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस्  

नेपालका कुन जिल्लामा कति संक्रमित ? यस्तो छ अहिलेसम्मको जिल्लागत विवरण

वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

बढेको बढ्यै संक्रमित स् काठमाडौंमा फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ६७५ पुगे

परीक्षण पहिलो चरणमा सफल भयो कोरोनाविरुद्धको खोप

नेपाली भूमी फिर्ता गर्न माग राख्दै डा गोबिन्द केसीद्वारा सत्याग्रहको घोषणा

भारत जान नपाएपछि जुम्लामा गाह्रो भयो जनजीवन

कोरोना प्रकोपकाबीच न्यूजिल्याण्डमा भूकम्प, टिभीमा अन्तर्वार्ता दिँदै थिइन् प्रधानमन्त्री‘ 

एकान्तबास

कला थाक्दैन रिटायर्ड फर्निचरवालाले काठमा कुँदे उत्कृष्ट ‘आर्ट’ फोटोफिचर

एक सैलुनबाट सर्यो १४० जनालाई कोरोना

चीनको भन्दा फरक भाइरस भारतमा देखिएको वैज्ञानिकको दाबी

यी फोटोग्राफी हेर्नुहोस् : 

फोटोमा हेर्नुहोस् – जनावरका बच्चाले आमालाई देखाएको ममता कत्ति लोभलाग्दो !
विश्व फोटोग्राफी संगठनले ठहर्‍याएका १० उत्क्रष्ट तस्वीर
जसले खिचेको तस्वीर कान्तिपुरको पहिलो अंकको फ्रन्टपेजमा छापियो 
रोहिंग्या शरणार्थी शिविरमा खिचिएको सर्वोत्कृष्ट तस्वीरहरु
ठिक समयमा कैद भएका यी १६ तस्वीर !
वा ! पेरुको हुआकाचिना गाउँ (लोभलाग्दा फोटोसहित)

निशब्द : १३ फोटोमा हेर्नुहोस् आमाको माया ! 

फोटोग्राफरले पेरूको भ्रमणमा खिचेका चराका तस्वीर (फोटोफिचर)

अनौठा फोटोग्राफी हेर्नुहोस्, जहाँ फोटोसप गरिएन  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?