कोरोना प्रकोपकाबीच न्यूजिल्याण्डमा भूकम्प, टिभीमा अन्तर्वार्ता दिँदै थिइन् प्रधानमन्त्री…

काठमाडौं । न्यूजिल्याण्डको राजधानी वेलिंग्टनबाट करिव ९० किलोमिटर उत्तर पश्चिममा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

न्युजिल्याण्डको उत्तरी द्वीप आइल्याण्डमा भूकम्प गएको हो ।

स्थानीय समयानुसार सोमवार विहान ८ बजे भन्दा केहि समय अगाडि भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सरकारी आपत एजेन्सीका अनुसार भूकम्प पछि ३.७ रेक्टरका धेरै भूकम्पको झड्का गएका थिए । त्यस बेला न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डन लाइभ इन्टरभ्यू दिँदै थिइन् ।

भूकम्पले हल्लाए पनि उनी आफ्नो स्थान छोडेर भागिनन्, उनले होस्टलाई रोकिन् र कोठाको चारैतिर नजर लगाएँदै भूकम्प आएको छ र तपाईहरुले मेरो पछाडि हल्लिरहेको देखिरहनु भएको होला भन्ने कुरा राख्न थालिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?