चीनको भन्दा फरक भाइरस भारतमा देखिएको वैज्ञानिकको दाबी

काठमाडौं । चीनमा उत्पत्ति भएको भन्दा भारतमा देखिएको कोरोना भाइरस फरक भएको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

चीनको हुबाबे प्रान्तस्थित वुहानमा गत वर्षको ३१ डिसेम्बरमा देखिएको कोरोना भाइरस चीनमा उत्पति भएको भन्दा भारतमा फरक किसिमको भारतीय वैज्ञानिकहरुले भाइरस फरक रहेको निस्कर्ष निकालेका छन् ।

कोरोना भाइरसमा भईरहेको लक्षण परिवर्तनको अध्ययन गरिरहेका वैज्ञानिकहरुले यस्तो निस्कर्ष निकालेपछि सबै आश्चर्यमा परेका छन् ।

भारतको जामिया हमदर्द विश्वविद्यालयका उपकुलपति सैयद ई हसनले भारतमा भेटिएका ४ हजार संक्रमितको अध्ययनमा यस्तो निस्कर्ष निस्किएको बताएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गएको साता प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा भारतबाट आएको भाइरसको संक्रमण कडा भएको बताएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भारतले चिन्ता व्यक्त गरिरहेको यो बेलामा भारतीय वैज्ञानिकहरुले यस्तो निस्कर्ष निकालेपछि सबै अचम्मित बनेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?