काठमाडौं । बाङ्ग्लादेशमा खाली थाल लिएर पङ्क्तिबद्ध भएका रोहिंग्या शरणार्थी बालबालिकाको तस्वीरले खाद्यसामग्रीसम्बन्धी एउटा प्रमुख फोटोग्राफी पुरस्कार जितेको छ । केएम असदलाई सन् २०२० को पिङ्क लेडी फूड फोटोग्राफरुका रूपमा सम्मानित गरिएको छ। उनले बाङ्ग्लादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा यो तस्वीर खिचेका थिए ।
उक्त शिविरमा १० लाखभन्दा बढी मानिसहरू छन्। कोरोनाभाइरस महामारीका कारण उनीहरूलाई हाल लकडाउनमा राखिएको छ । यो तस्वीरले वास्तवमै हाम्रो समयबारे बताउँछ, उक्त पुरस्कार संस्थापक क्यारलाइन केन्योनले भनिन्, विश्व कोभिड-१९ बाट प्रभावित छ र हामी सबैको सामान्य जीवन अवरुद्ध छ ।
यी रोहिंग्या शरणार्थी बालबालिकाले हाम्रो जीवनको नाजुक अवस्थाको स्मरण गराउँछन् । बाँच्नका लागि खानेकुराको आवश्यकताले विश्वभरि हामीलाई जोड्छ। हामी सबै समान छौँ । प्रतियोगितामा ७० देशबाट ९,००० तस्बिर सहभागी थिए। निर्णायकमण्डलले अनलाइनमार्फत् विजेता घोषणा गरेको हो ।
उक्त कार्यक्रम अनलाइनबाट प्रत्यक्ष प्रसारण गरेर गरिएको थियो । यहाँ उत्कृष्ट ठहरिएका केही तस्वीर प्रस्तुत गरिएको छ ।

म्यान्मारमा यू बीन ब्रिजमा माछा मार्न जाल हाल्दै तीन माझीहरू

भोक मीठो कि भोजन?

मह काँढ्न घारबाट चाका निकालिँदै

कलात्मक भोजन

सम्झनाका लागि

पितृको सम्झनामा

मह, ओखर र अन्जिरको परिकार

स्याउ विक्रीमा छ

विवाहमा मिठाई

हिल्सा माछाको थुप्रो

रङ्गीन पेय पदार्थ

रस चुहाउँदै काटिएको स्याउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया