एक सैलुनबाट सर्यो १४० जनालाई कोरोना

काठमाडौं । विश्वका केहि सरकारले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लकडाउन गरिरहेको छ । तर यस बीचमा केहि देशहरुले आवश्यक वस्तुहरुको परिपूर्तिका लागि पसलहरु खोल्न अनुमति दिएको छ ।

जसका कारण आम जनताहरुले केहि राहत पाएका छन् । मानिसहरु आफ्नो सामान्य जीवनमा फर्किन आतुर रहेका छन् । र मानिसहरु सैलुन र पार्लरहरु खोलिने पर्खाईमा रहेका छन् ।

यसैबीच अमेरिकाले पनि केहि पसलहरु खोल्न अनुमति दिएको छ । अनुमति पाएपछि सैलुन, ब्युटीपार्लर तथा खाद्यसामग्रीका पसलहरु खोलिएका छन् ।

यसैबीच अमेरिकाको मिसौरीमा एक डरलाग्दो घटना भएको छ । त्यहाँ सैलुन वर्कसबाट १४० जनालाई कोरोना संक्रमण फैलिएको छ ।

उक्त सैलुनमा एक व्यक्ति कोरोनाको लक्षण देखिएको २ दिन पछि पनि लगातार काम गरिरहेका थिए ।

१४० जना भए संक्रमित

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्प्रिंगफिल्ड हेल्थ डिपार्टमेन्टले शनिवार एक सैलुनमा काम गर्ने दुईजना हेयरस्टाईलिस्टले १४० जनालाई संक्रमण सारेको बताएको छ ।

ग्रेट क्लिप्स नामको एक सैलुनमा काम गर्ने दुई कर्मचारीबाट १४० जना अन्य मानिस संक्रमित भएका छन् ।

ति मध्ये एकले ५६जनालाई र अर्काेले ८४ र सैलुनकै ७ कर्मचारीलाई कोरोना सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

४ मेबाट खुलेको थियो सैलुन

४ मेबाट उक्त सैलुन खुलेको थियो । मिसौरीमा अहिलेसम्म ११ हजार ७५२ जनालाई संक्रमण भएको छ भने ६७६ जनाको मृत्यु भएको छ ।

मिसौरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लीकन पार्टीका नेता माइक पार्सन गभर्नर रहेका छन् ।

यी कुरामा राख्नुहोस् ध्यान

१. शेभिङ वा कटिङ गर्ने क्रममा ग्राहकको छाला काटियो भने त्यसलाई तत्काल सफा पानीले धुनुपर्दछ ।

२. एन्टीसेप्टिक क्रीम वा लोशनको प्रयोग गर्नुपर्दछ ।

३.कर्मचारीले कोरोनाबाट बच्ने कपडाको प्रयोग गर्न आवश्यक हुन्छ । काम गरिसके लगत्तै सबै सफा गरिहाल्नु पर्दछ ।

४. ग्राहक बस्नुपूर्व कुर्सीमा स्यानिटाइजर छर्कनु पर्दछ ।

५. ग्राहकहरुले सैलुनमा सबै व्यवस्था कस्तो छ त्यो बुझेर मात्र त्यहाँ जमानुपर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?