बढेको बढ्यै संक्रमित : काठमाडौंमा फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ६७५ पुगे

काठमाडौं – काठमाडौंमा फेरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं टोखा नगरपालिका नगरपालिका वडा नं ३ र ६ तथा बुढानिलकण्ठ नगरपालिका ३ का २७, ४१ र ३७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो पनि काठमाडौंमा एक जना कोरोना संक्रमण पुष्टि भएको थियो ।

परीक्षणको दायरा बढाएसँगै संक्रमित तिव्र गतिमा बढीरहेका छन् ।

रौतहटमा मात्रै २६ जनामा संक्रमण पुष्टि भएको छ ।

देशका ४२ जिल्ला र सातै प्रदेशमा संक्रमण फैलिसकेको छ । आज एकैपटक नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ६७५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्
‘आज पिसीआर नेगेटिभ देखिए पनि भोलि संक्रमण सर्न सक्दछ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?