प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी गरे विमान अवतरण

काठमाडौं । प्रशिक्षक अचेत भएपछि एक प्रशिक्षार्थी विमानचालकले अष्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गरेका छन् ।

उनलाई विमान उडाउन सिकाउँदै गर्दा उनका प्रशिक्षक आकाशमै बेहोस हुनपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रकसँग आपत्कालीन सञ्चार गरेका थिए ।

पर्थस्थित विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरूको सहयोगमा उनले विमान सफल अवतरण गरेका हुन् । यो घटनापछि धेरैले उनको प्रशंसा गरेका छन् ।

सार्वजनिक गरिएको आपत्कालीन सञ्चारसंवादमा उनले आफ्नो प्रशिक्षकको बारेमा जानकारी गराएका थिए । उनले संवादका क्रममा भने ”उनी मेरो काँधमा अडेस लागेका छन् । म उनलाई उठाउन प्रयास गरिरहेको छु, तर उनी ढलि नै रहेका छन् ।”

सेस्ना विमान चलाउन आउँछ कि आउँदैन भनेर सोद्धा उनले भने ”म प्रशिक्षणमा छु,यो मेरो पहिलो कक्षा हो ।”

घटना अघि दुई पटक उडानको कक्षा लिएपनि सेस्ना विमानमा उनी पहिलो पटक बसेका थिए र कहिल्यै विमान अवतरण गरेका पनि थिएनन् । नियन्त्रकको सहायतामा विमानस्थल वरपर एक घण्टा अवतरण गर्ने अभ्यास गरेपछि उनले सफलतापूर्वक विमान ओरालेका थिए ।

विमान अवतरण गर्दा उनलाई आफ्नो परिवारका सदस्यहरू र आपत्कालीन उद्धारकर्मीहरूले कुरिरहेका थिए । उनको प्रशिक्षकलाई अस्पताल लगिएको छ ।

विमानलाई कुनै क्षति पुगेको छैन । यो एउटा राम्रो अवतरण भएको उडान स्कूलका मालिक चक म्याकइल्वीले बताए ।

उनले ती प्रशिक्षार्थी विमानचालक र विमानस्थलको हवाई ट्राफिक नियन्त्रणको प्रशंसा गरेका छन् ।

बिबिसीको सहयोगमा

 

सावधान !  जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति ! 
हवाइ यात्रा गर्दै हुनुहुन्छ ?  ध्यान दिनुहोस यी ४ कुरा

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

महिलाले विमानमै बच्चा जन्माएपछि गर्नुपर्यो आकस्मिक अवतरण

संसारकै पहिलो यात्रुबाहक विमान: कहिले उड्यो ? को थिए पाइलट ? 

उड्न लागेको विमानमा मौरी बसेपछि‘

‘टेकअफ’गर्ने क्रममा बोइङ विमानमा आगो लाग्यो (भिडियोसहित)

२ सय ३३ यात्रुको ज्यान बचाउने पाईलट, ‘हिरो अफ रसिया’ अवार्डबाट सम्मानित

चौबीस घन्टामा ४ विमानको आपतकालीन अवतरण

के हो ‘ब्ल्याक बक्स’ रु दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन्  ? 

 

उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि‘ (भिडियोसहित) 

उडान भर्न तयार विमान भित्र दुई वटा परेवा उडेपछि‘

प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी उडाए विमान

क्याप्टेन भरत थापाः जसले सिता एअरको विमान ठूलो दुर्घटनाबाट बचाए, उनैका शब्दमा ‘त्यो २९ मिनेट’

डोनाल्ड ट्रम्प चढ्ने ‘एयर फोर्स वान’ संसारकै शक्तिशाली विमान, जानिराखौँ दश रहस्य 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?