यी हुन् ‘हाइ प्रोफाइल’ पद गुमाउनेहरु : को के काण्डमा मुछिए ?

काठमाडौं – हाइ प्रोफाइल व्यक्तित्वहरु समयसमयमा विभिन्न विवादमा मुछिएका घटनाहरु बाहिरिरहन्छन् । कतिपय अवस्थामा ती विवादले उनीहरुको पदसमेत खोसेको छ ।

विवादास्पद अभिव्यक्ति दिएर होस् वा आर्थिक अनियमितता या अमर्यादित क्रियाकलापमा संलग्न भएर होस् ती व्यक्तित्वहरुलाई पदबाटै बर्खास्त गर्नुपर्ने अवस्था धेरैपटक आइसकेको छ ।

यसैबीच लोकपथ डट कमले केही हाइ प्रोफाइल व्यक्तिहरु विवादका कारण बर्खास्त भएका घटनाहरु संकलन गरेको छ ।

निवर्तमान  सञ्चारमन्त्री गोकुल बाँस्कोटा

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको विवादास्पद अडियो बाहिरिएपछि निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको चौतर्फी विरोध भइरहेको छ । यसैबीच उनले आफ्नो मन्त्री पदबाट पनि राजीनामा दिइसकेका छन् ।
अश्लील शब्दसमेत बोलेको अडियो सार्वजनिक भएपछि स्वयम् उनैको पार्टीबाट दबाब आएपछि प्रधानमन्त्री र पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर उनले राजीनामा दिएका हुन् ।

यसअघि लोकपथमा प्रकाशित यी समाचारहरु पढ्नुभएको थियो ? 

ट्वीटरबाट मन्त्रीले गरे राजीनामा घोषणा ! 

मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

बाँस्कोटाको अडियो बाहिरिएपछि डा. बाबुराम भट्टराईको यस्तो व्यङ्ग्य !

सञ्चारमन्त्री बाँस्कोटामाथि लाग्यो ७० करोड रुपैयाँ कमिसन मागेको आरोप

अडियो प्रकरणमा बाँस्कोटाले मुख खोले : ठूलो कुरो होइन

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरि अनुसन्धान गर्न काँग्रेसको माग (विज्ञप्तीसहित)

प्रिन्टीङ प्रेस खरिद प्रकरण : आफूमाथि लागेको आरोपका विषयमा बाँस्कोटा ३ बजे बोल्ने

सञ्‍चारमन्त्री अडियो प्रकरण : ओली र प्रचण्डबीच छलफल

मन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन होस् : साझा पार्टी

प्रधानमन्त्रीजी नैतिक कठघरामा पर्नुभयो : पत्रकार विजयकुमार पाण्डे

सञ्चारमन्त्री अडियो प्रकरण : कांग्रेसले भन्यो-प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ दिनुपर्छ

मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी (विज्ञप्तिसहित)

मन्त्रीले बोलेको अश्लील शब्दप्रति निजामती कर्मचारी युनियनको आक्रोश (विज्ञप्तीसहित)

सञ्चारमन्त्रीको अडियो प्रकरण : छानविन समिति बनाउन लेखा समितिको माग

प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई बोलाए बालुवाटार

सञ्चारमन्त्री बाँस्कोटाको बर्खास्त माग गर्दै साझा पार्टीले प्रदर्शन गर्ने

तत्कालीन सभामुख कृष्ण बहादुर महरा
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएका थए ।
महराले सभामुख र सांसद दुबै पद छाड्नुपर्ने नेकपा सचिवालयले निर्णय गरेको थियो । तर, उनले सभामुख पदबाट मात्रै राजीनामा दिएका थिए ।
काठमाडौं जिल्ला अदालतले महारालाई यही फाल्गुन ५ गते सफाइ दिएको छ । उनी हिरासतबाट बाहिरिसकेका छन् ।

तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुली
वि सं २०७२ असार १५ गते धान दिवसका दिन रोपाइँ कार्यक्रममा काठमाडौंको मुलपानी पुगेका तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले हिलो खेल्ने क्रममा गरेको अश्लील हर्कतको चौतर्फी आलोचना भएको थियो । उनले महिलालाई हिलो लगाइदिने क्रममा अँगालो हालेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि अन्ततः पदबाट राजीनामा दिएका थिए । तत्कालीन एमालेबाट सरकारमा रहेका उनलाई आफ्नै पार्टीबाट राजीनामा दिने दबाव आएको थियो ।

तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारी
वि सं २०६८ सालमा तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले तराई टुक्रिन सक्ने विषयमा दिएको विवादास्पद अभिव्यक्तिका कारण पद गुमेको थियो । उनको भनाइको चौतर्फी विरोध भएपछि बर्खास्त गर्ने÷नगर्ने विषयमा पनि लामो समयसम्म छलफल भएको थियो । अन्ततः तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई बर्खास्त गरेका थिए ।
तत्कालीन उर्जामन्त्री राधा ज्ञवाली
सोलु कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको विवादमा मुछिएकी तत्कालीन उर्जामन्त्री राधा ज्ञवाली यही विवादका कारण पदबाट बर्खास्त भएकी थिइन् । वि सं २०७२ सालमा सोलु कोरिडोर निर्माणका क्रममा २६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा ज्ञवालीलाई बर्खास्त गरिएको थियो ।

तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङ
तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले एक विद्यालयको शैक्षिक कार्यक्रममा भाषण गर्ने क्रममा अमर्यादित अभिव्यक्ति राखेपछि विवादमा तानिएका थिए ।
कानूनमन्त्री तामाङले नेपालमा चिकित्सा शिक्षा पढ्न आवश्यक कोटा नहुँदा नेपाली चेलीहरू बङ्गलादेश जानुपरेको र त्यहाँ उनीहरूले सर्टिफिकेट पाउनका लागि शरीर सुम्पिनु परेको बताएका थिए ।
त्यस लगत्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तामाङलाई पदबाट राजीनामा दिने निर्देशन दिएको थियो । त्यही दिन उनले पत्रकार सम्मेलन गरी राजीनामा दिएका थिए । शालीन नेताको रुपमा चिनिएका तामाङले राजीनामा दिँदा आँसु खसालेका थिए।

बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री केशव स्थापित
बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री केशव स्थापित प्रदेश मन्त्रिपरिषद बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि बर्खास्तमा परेका थिए ।

तत्कालीन सुदूरपश्चिमका सामाजिक विकास मन्त्री दीर्घ सोडारी
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री दीर्घ सोडारी पार्टीको निर्देशन नमानेको, पदीय मर्यादा कायम नराखेको लगायतका आरोपमा बर्खास्त भएका थिए ।
वि सं २०७५ सालको भाइटिकाको दिन मन्त्री सोडारीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद चर्किएको थियो। सोही विवादमा उनलाई हटाइएको बताइएको थियो ।

तत्कालीन सहायक शिक्षामन्त्री कल्पना विष्ट
तत्कालीन सहायक शिक्षामन्त्री कल्पना विष्टले अनौपचारिक रुपमा विश्वकपमा सहभागी हुने विषयमा दिएको अभिव्यक्तिकै कारण मन्त्री पद गुमाएकी थिइन् । सबै तस्वीर सामाजिक सञ्जालबाट /गुगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?