महाशिवरात्री : पशुपतिमा विशेष पासको व्यवस्था छैन, सबैले बस्नैपर्छ लाइन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्ष महाशिवरात्रीको दिन दर्शनार्थीहरुका निमित्त छुट्टै पासको व्यवस्था गरेको छैन । सबै दर्शनार्थीहरुलाई दर्शन गर्न आउँदा समान रुपमा व्यवहार गरिएको महशुस होस् भनेर नै पासको व्यवस्थालाई हटाइएको हो ।

पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत तथा महाशिवरात्री व्यवस्था मूल समिति २०७६ अन्तर्गत सुरक्षा उपसमितिका सचिव गौरीशंकर पराजुलीका अनुसार भक्तजनहरुको सल्लाहसुझावलाई मध्यनजर गरेर नै कोषले यो निर्णय लिएको हो ।

‘यसअघि केही वर्ष हामीले विशेष दर्शनार्थीहरुलाई पास दिने अभ्यास पनि गरेका थियौं तर, त्यो अभ्यासलाई खासै रुचाइएन,’ पराजुली अगाडि थप्छन्, ‘भक्तजनहरुले नै यस्तो विभेदकारी अभ्यास नगर्ने सल्लाह दिएपछि यस वर्ष हामीले त्यसो गरेका छैनौं ।’

‘सञ्चारकर्मी, स्वयम् सेवक, कोषका सदस्य तथा पदाधिकारी, सुरक्षाकर्मी लगायत परिसरमा प्रत्यक्ष खटिनुपर्ने वा सेवा पु-याउनुपर्ने जनशक्ति वाहेक अरुलाई पास छैन,’ पराजुलीले भने ।

हरेक वर्ष भव्य तरिकाले मनाइने महाशिवरात्रीको तयारी यस वर्ष पनि खुब तामझामका साथ अघि बढिरहेको छ । रंगरोगन देखि साजसज्जा, सुरक्षा व्यवस्था, भीड व्यवस्थापन लगायत विभिन्न तयारीका लागि पशुपति क्षेत्र विकास कोषले ११ उपसमिति गठन गरेका पराजुलीले बताए ।

उनका अनुसार भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै यसपालि पशुपति परिसरमा १० लाख दर्शनार्थी स्वागत गर्ने लक्ष्य छ कोषको । देश तथा विदेशबाट दर्शन गर्न आउने भक्तजनहरुको सहजताका निमित्त ५ हजार स्वयम्सेवक खटाइने उनले लोकपथलाई बताए ।

‘दर्शनार्थीहरुलाई सास्ती नहोस् र सौहार्दपूर्ण वातावरणमा दर्शन गर्न पाउनुहोस् भन्ने हाम्रो प्राथमिकता हो,’ पराजुली भन्छन् ।

यसअघि लोकपथमा प्रकाशित यो समाग्री छुटाउनुभएको भए यस लिंकमा क्लिक गरी पढ्नुहोस् ।

महाशिवरात्रीको लागि चिटिक्कै पशुपतिनाथ (१९ फोटोमा हेर्नुस्) 

पशुपतिमा महाशिवरात्रीको तयारी पूरा, यी ४ बाटो हुँदै जानुस् दर्शन गर्न

गाँजाभाङ खाए प्रहरी खोरमा, महाशिवरात्रीको लागि सबै तयारी पूरा

यसपाली शिवरात्रीमा पशुपतिनाथमा देखिनेछ यो अनौठो दृश्य, नेपालीले सिक्ने कि !

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो १७ फोटोमा

आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

यस्तै छन् हाम्रा आरोग्यदेव: पशुपतिनाथ

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

धर्मनिरपेक्षता, भ्रम र यथार्थ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?