गाँजाभाङ खाए प्रहरी खोरमा, महाशिवरात्रीको लागि सबै तयारी पूरा

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले शुक्रवार हुने महाशिवरात्रिको तयारी पुरा भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बुधवार दिउँसो पत्रकार सम्मेलन गरी कोषले विभिन्न समितिहरु गठन भइसकेकोले कार्यक्रम भव्यताका साथ महाशिवरात्री सम्पन्न हुने विश्वास लिएको छ ।

सुरक्षा व्यवस्थाको तयारीसमेत पुरा भएको जानकारी दिँदै कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ। सादा पोशाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिनेछ।’

मेलामा मासु, मदिरा र गाँजा निषेध गरिएको छ। ‘पशुपति क्षेत्र कानुनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालुपदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा-भाङ, जाँड-रक्सी जस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न सबैलाई अनुरोध गरिएको छ।

त्यसैगरी पशुपति क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र भएको उल्लेख गर्दै कोषले मेला क्षेत्रमा सेवा प्रदान गर्ने सबै संस्थाहरुलाई भोजन, पानी, चिया वितरण गर्दा प्लाष्टिकका कप प्रयोग नगर्न अनुरोध गरेको छ।

उपसमितिहरु
१. सुरक्षा व्यवस्था उपसमिति
२.आवास, भोजन तथा भौतिक पूर्वाधार उपसमिति
३.प्रचार प्रसार उपसमिति
४. साधुसन्त तथा धार्मिक उपसमिति
५.वातावरण, सरसफाई तथा जुत्ताचप्पल व्यवस्था उपसमिति
६. स्वास्थ्य सेवा व्यवस्था उपसमिति
७. मेला बजार तथा साजसजावट उपसमिति
८. स्वयसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था उपसमिति
९. स्वयंसेवा परिचालन एवं अनुगमन उपसमिति
१०. सरकारी निकाय समन्वय समिति
११. अनुगमन, मुल्याङ्कन तथा तथ्याङ्क संकलन उपसमिति
यो विज्ञप्ती हेर्नुहोस्

 
यसअघि लोकपथमा प्रकाशित यो समाग्री छुटाउनुभएको भए यस लिंकमा क्लिक गरी पढ्नुहोस् ।

महाशिवरात्रीको लागि चिटिक्कै पशुपतिनाथ (१९ फोटोमा हेर्नुस्) 

यसपाली शिवरात्रीमा पशुपतिनाथमा देखिनेछ यो अनौठो दृश्य, नेपालीले सिक्ने कि !

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो १७ फोटोमा

आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

यस्तै छन् हाम्रा आरोग्यदेव: पशुपतिनाथ

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

धर्मनिरपेक्षता, भ्रम र यथार्थ !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?