यसपाली शिवरात्रीमा पशुपतिनाथमा देखिनेछ यो अनौठो दृश्य, नेपालीले सिक्ने कि !

काठमाडौं – महा शिवरात्री अब जम्मा ४ दिन मात्रै बाँकी छ । शिवरात्री हिन्दुहरूको महत्वपूर्ण चाड हो । भगवान शिवको पूजा आराधना गर्ने जोकोहि पनि यस दिन व्रत बसी शिवधुनी जगाएर भगवानको नाम जप्दछन् । सबैको कल्याणको लागि शिव पुकार्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा समेत वर्णन गरिएकोले यस पर्वको निकै ठूलो महत्व छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी  ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । यतिमात्रै होईन देशभरका शिवालयमा धुमधामसँग शिवधुनी जगाई भजन किर्तन गरी श्रद्धा भावले आफूलाई पूजाआरधनामा समर्पण गरीन्छ ।

आरोग्यदेव पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष नेपाली र भारत लगायतका अन्य विभिन्न देशहरुबाट हजारौँको संख्यामा भक्तजनहरु आउने गरेका छन् । भारतबाट हरेक वर्ष नागा बाबाहरु पनि पशुपति नाथमा आउने गर्छन् । खासगरी भित्र जान नपाएपनि पशुपतिनाथमा टहल्न र नेपाली कला संस्कृति बुझ्न अन्य देशका पर्यटकको पनि बाक्लो घुईचो लाग्छ ।

यसैबीच यसपाली जाज्वल्यमान पशुपतिनाथको मन्दिरमा नयाँ दृश्य देख्न पाईने भएको छ । भक्तजनको लामो लाईन, मानिसहरुको भिड, भिक्षु, साधु सन्त, स्वदेशी विदेशी पर्यटक, यूवाहरु व्यापारी हामीले देखेकै हौँ । महाशिवरात्रीका अवसरमा पशुपतिनगरिने सिंगारपटार पनि केहि हदसम्म नियालेका छौँ तर यसपाली पशुपतिनाथमा तपाईले केहि खास पाउनुहुनेछ । हो, शिवरात्रीका अवसरमा दुई भक्तजनले पशुपतिनाथ मन्दिर र आसपासमा फूलले सजाउने भएका छन् ।
पर्यटन वर्षलाई पनि टेवा पुग्ने र भगवान्को पाउमा यतिको पूण्य गर्न पाउने अवसरको सदुपयोग गर्न विभिन्न सम्बन्धित निकायबाट अनुमति लिएर भारतबाट आएका ग्लेजटेड्रिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले पशुपति क्षेत्रमा यति भव्य ढंगले फूलले सजाउन लागेका छन् । मन्दिरका मूलभट्ट गणेश भट्टलाई भेट्न आएका छिब्बर र शर्माले यो प्रस्ताव राखेपछि कोषले स्वीकृति दिएको हो ।

उनीहरुले उत्साहित हुँदै सातवटा फूलका गेट र अन्य विभिन्न आकार प्रयोग गरी पाशुपत क्षेत्रलाई करिब दुई करोड रुपैयाँको फूलले पाशुपत क्षेत्र झकिझकाउ बनाउन लागेका हुन् । पशुपतिनाथप्रतिको आस्था र निष्ठाका लागि भक्तजनले थालेको प्रयास नौलो हो ।

छिब्बर र शर्माले अस्ट्रेलिया, कोरिया, थाइल्याण्ड र भारतबाट करिब दुई करोड बराबरका अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको निया लगायत विभिन्न जात र रङका फूल ल्याएर झिलीमिली बनाउन लागेका हुन् ।

पशुपतिनाथको जाज्वलयमा प्राकृतिक फूलको प्रयोगले झकिझकाउ पार्न भारतबाट दुई सय जनशक्ति काठमाडौं आई सोमबारदेखि बिहीबारसम्म सजाउनेछन् । ति फूलहरु तीन दिनसम्म रहनेछन् ।

शिवरात्रीको अवसरमा कोषले मंगलबार बिहान शोभा यात्रा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शुभारम्भ गर्ने यात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपमा पुगेर टुंगिने पशुपति विकास कोषले जनाएको छ । शोभा यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको ब्याण्ड टोली, कोषका पदाधिकारी र कर्मचारी,, नेपाल वेद विद्याश्रमका शिक्षक र विद्यार्थी, महाशिवरात्री मूल समारोह समिति, साधुसन्त, महन्त, र उपसमितिका सदस्य लगायत दर्जनभन्दा बढी संघसंस्थाबाट प्रतिनिधित्व हुनेछ । महाशिवरात्री सभ्य र भव्य बनाउको लागि सुरक्षाको राम्रो प्रवन्ध गरिएको छ । उता, केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि यस दिन भक्तजनको निकै ठूलो उपस्थिती हुन्छ ।

यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वस रहेकोले भक्रजनहरुले आफ्नो घर, चोक, चौतारा, शिवालय, मठ मन्दिरहरु, सार्वजनिक स्थानमा आगोको धुनी जगाई भजन कीर्तन गर्ने परम्परा छ । शिवधुनी पश्चात् जाडो कम हुदै जाने भन्ने जन विश्वास रही आएको छ । यसदिन विहानै नदी, तलाउ, कुण्ड तथा पधेरामा स्नान गरि विभिन्न शिव मन्दिर अर्थात् शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा पाठ गरि यो पर्व देशैभर मनाईन्छ । विभिन्न विद्यालयहरु तथा सामाजिक क्लबहरुले शिव र पार्वतीको भेषभुषामा कला प्रर्दशनी गरी मनाउँछन् । महाभारत क्षेत्रमा पौराणिक कालदेखि नै बसोबास गर्दै आएका हिन्दु धर्मावलम्बीहरूले महाशिवरात्री पर्व मनाउने गर्दछन्। विशेष गरी नेपाल, भारत, बङ्गलादेश, कश्मीर र श्रीलङ्कामा यो पर्व धुमधामका साथ मनाइन्छ।

यसपाली महाशिवरात्री ९ गते परेको छ ।

सोमवार शिवजीको पूजा गर्दा के हुन्छ ? 

शिवजी सर्वगुणसम्पन्न हुने धार्मिक विस्वास छ र सत्व, रज अनि तम सबै गुणमाथि उनको पूर्ण अधिकार छ । शिवजीको शिरमा चन्द्र रहेकाले उनलाई शशिशेखर भनिन्छ र उनलाई चन्द्रमाप्रति विशेष लगाव छ । चन्द्रमा सोमवारको अधिपति भएकाले शिवजीलाई सोमवार प्रिय लाग्छ ।

सोमवारको दिन उपवास बस्दा आशुतोष भगवान् शिवको कृपा प्राप्त हुन्छ । व्रत बसेर शिवजीको पूजन गर्नुहोस् र पूजा गर्दा शिवलिंगमा जल र दूधको धाराले अभिषेक गर्नुहोस् । नभाँचिएको बेलपत्र चढाउन नबिर्सनुहोस् । यसो गर्दा शुभ फल प्राप्त हुन्छ ।

ऊँ नमः शिवाय पञ्चाक्षरी मन्त्र पाठ गरी शिव उपासना गर्दा पनि उनी प्रसन्न हुने धार्मिक विस्वास छ ।

भगवान शिवको पूजा आराधना गर्दा नगर्नुहोस् यी गल्ती सोमबार ‘शिवजी‘को पूजा आराधना गर्ने राम्रो दिन हो। यस दिन गरेको पूजा आराधना गरे शिव भगवान खुसी हुने र मागेको वर दिने भन्ने विश्वास छ ।

‘ऊँ नमः शिवाय’ शिवजीलाई प्रसन्न पार्न जपिने मन्त्र हो ।

अविवाहित स्त्रीले राम्रो वर पाउन शिवजीको पूजा आराधना गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुख शान्ती र पतिको दिर्घायूका लागि शिवजीको पुजा गर्दछन्। शास्त्रमा लेखिएको छ, शिव एकदमै शान्त स्वभावका देवता हुन् । उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैन । त्यसैले तपाई शिवजीको पूजा आराधना गर्दै हुनुहुन्छ भने यी गल्ती नगर्नुहोस् ।

शिवजीलाई के मन पर्छ ? 
शिव भगवानको जीवन सिद्धान्त एकदमै साधारण छ।

जो मानिस बढि महत्वाकांक्षी हुन्छ, जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा गहिरिएर बुझ्न सक्दैन त्यो मानिसले सुखानुभूत गर्न सक्दैन ।

शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको पहेँलो वस्त्र, गाँजा, भाङ, धतुरो, चिसो गाईको दूध, श्रीखण्ड र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्। उनलाई बेलपत्र पनि चढाइन्छ ।

शिवपुराणका अनुसार ,शिवजीको पूजा आराधना गर्दा यी ५ वस्तुहरू कहिल्यै चढाउनुहुँदैन ।

बेसार
शिवपुराणमा उल्लेख गरिएअनुसार बेसार पनि शिवजीलाई चढाउनु हुँदैन ।

चुवाको फूल
विभिन्न ठाउँअनुसार फरकफरक नाम भएको चुवा फूल यसलाई कतै गोलाईँती फूल त कतै केताकी फूल पनि भन्ने गरीन्छ । यो फूलसँग भगवानको सम्बन्ध नराम्रो छ त्यसैले नचढाउनू भनिएको छ, शास्त्रहरुमा ।

तुलसी
शिवपुराणमा उल्लेख गरिएअनुसार भगवान शिवलाई पूजाआजा गर्दा पनि यो पत्र चढाउनुहुँदैन भनिएको छ ।

नरीवलको पानी
शिवपुराणमा उल्लेख गरिएअनुसार शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरीवलको पानी पनि एक हो। शिवजीलाई सिङ्गो नरीवल चढाउनुहुन्छ तर नरीवल फुटाएर पानी चढाउनुहुँदैन । यस्तो गरेमा शिवजी रिसाउने र अनिष्ट हुने शिवपुराणमा लेखिएको छ ।

सिन्दूर
विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्वपूर्ण र पवित्र मानिने गरिन्छ। तर शिवपुराणमा उल्लेख गरिएअनुसार सिन्दूर पनि शिवजीलाई चढाउनु हुँदैन ।

सोमबार:  यसरी पुज्नुहोस् शिव भगवानलाई

आज सोमबार हिन्दुधर्मालम्बीहरू हरेक सोमबारलाई विशेष दिनको रुपमा लिन्छन् । किनकी यो दिन भगवान् शिवको पूजाआराधनाको लागि विशेष मानिन्छ । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । साउने सोमबारका दिन देशभरिका शिवालयहरूमा विशेष पूजाआराधना हुनेभएतापनि हरेक सोमबारलाई शिवको दिनको रुपमा पुजिन्छ । सोमबारको प्रमुख गन्तव्य पशुतिनाथ हो । यसैगरी केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङको हलेसी महादेव, काठमाडौंको कोटेश्वर, पनौतीको धनेश्वर, महोत्तरीको जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेश्वर आदि शिवालयमा पनि सोमबारका दिन मानिसहरु पुग्छन् ।

यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । यस दिन शिव र पार्वतीको पूजा आराधना गरिन्छ । सोमबारको उपवासले मनोकांक्षा पूरा हुने विश्वास रहिआएको छ ।

अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन पनि छ, नेपाली समाजमा ।
सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै पौराणिक तथा धार्मिक कथाहरु छन् ।

पहिलो कथामा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात् धन प्राप्त गरेको कथा छ । दोस्रो(एक धनी व्यापारीको छ । कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो ।

तेस्रो शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।

यो मन्त्र जप्नुहोस् ।
ऊं नमः शिवाय

नमः शिवाय

शुभं शुभं

कुरू कुरू शिवाय नमः ऊं’ , नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नम

पूजा विधि

सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाउनुहोस् ।

नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्।

शिवलिङ्गमा चन्दनचामल, बेलपत्र र धतुरोको फुल चढाउनुहोस्।

यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप ,दिप बालेर आरती गर्नुहोस्।

याद राख्नुहोस् तपाईको सकारात्मक सोँचविना कुनै पनि काम अधुरो हुन्छ । यसअर्थ दुखी गरिबको सेवा, सम्मान, माया, सहयोग कायमै राख्नुहोस् ।

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो १७ फोटोमा

आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

यस्तै छन् हाम्रा आरोग्यदेव: पशुपतिनाथ

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

धर्मनिरपेक्षता, भ्रम र यथार्थ !

यो पनि पढ्नुहोस्
सफलता चुम्नेहरुले कहिल्यै पनि भोलि साँच्दैनन् । किनकी उनीहरुको लागि आज काफि हुन्छ । त्यसैले संकल्प गर्नको लागि आज काफि हुन्छ । हरेक बिहानी केहि उर्जा बोकेर आएको हुन्छ । तर हामी मुर्खता गर्छौ । हो, हामी त्यो उर्जा सदुपयोग गर्दैनौँ । तर आजबाट गर्नुहोस् कि आजबाट तपाईले मनमनै केहि राम्रा बानी अपनाउने र केहि नराम्रा बानीहरु त्याग्ने प्रतिज्ञा गर्न सक्नुहुन्छ । लोकपथ डटकमले आजबाट गर्न सकिने केहि संकल्प यहाँ प्रस्तुत गरेको छ । भनिन्छ, देश बिग्रनुको कारण सचेत मानिस नबोलिदिनाले पनि हो । तपाई सामाजिक विषयमा कत्तिको बोल्नुहुन्छ ?  समसामयिक र सामाजिक विषयमा तपाईले बोल्नुभएन भने अहिले देखेको अवस्था भन्दा झनै र्जर्जर अवस्था हुनसक्छ । त्यसैले आफ्नो गाउँ ठाउँ, टोल, छिमेक, समाजमा, देश, अन्तर्राष्ट्रिय स्तरमा र विश्व व्रमाण्डमा भएका परिवर्तन, उतारचढाव, उपलब्धि र भवितव्यबारे चासो राख्नुपर्छ । चनाखो हुनुपर्छ ।

सामाजिक विषयमा ज्ञान राख्नुहोस् ।

सार्वजनिक चासो महत्वको विषयमा विचार विमर्श, मन्थन गर्नुहोस् ।

राष्ट्रिय विषयमा बोल्नुहोस् ।

शोषित पीडित, पिछडिएका परिवारको लागि बोल्नुहोस् ।

सार्वजनिक हितकका विभिन्न क्याम्पियनमा सहभागी हुनुहोस् र आवाज दिनुहोस् ।

सरसफाई अभियानमा सरिक हुनुहोस् ।

संस्कृति जोगाउन के सकिन्छ, गर्नुहोस् ।

राष्ट्रियताको विषयमा मत दिनुहोस् ।

वतावरणीय प्रदुषण र बढ्दो वनविनाशले निम्त्याउनसक्ने खतराबारे जानकारी लिनुहोस् ।

महिला हिंसा बलात्कार, हिंसा र सामाजिक समस्या जस्ता विाष्य हल गर्न समूह बनाउनुहोस् ।

भ्रष्टाचार, लुट, घुसखोरी बिरुद्ध आवाज दिनुहोस्।

राष्ट्रिय राजनीतिमा चासो राख्नुहोस् ।

सूचना प्रवीधि र कानूनबारे ज्ञान लिनुहोस् ।

विश्व दुनियाँको गति थाहा पाउनुहोस् ।

ईतिहासबारे ज्ञान लिनुहोस् ।

खाद्य संकट र पानीको अभावको हल कसरी गर्न सकिन्छ सोच्नुहोस् र बोल्नुहोस्।

भवितव्य घटनामा के गर्न सकिन्छ । सामूहिकताको भावना विकास गर्नुहोस् ।

बिहान उठ्ने वित्तिकै लामो श्वास लिनुहोस्, यस्ता छन् फाइदै फाइदा
श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरिरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो ।
तर राम्रोसँग समय मिलाएर श्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहानी पख ५ मिनेट लामो श्वास लिने र छाड्ने गर्दा पुग्ने फाइदाहरु यस्ता छन् :

मस्तिष्क शान्त बनाउँछ :  अत्याधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

शरीरको बिष फालिदिन्छ : श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

तनाबमुक्त बनाउँछ :  गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

अन्य अंगलाई पनि सहयोग : गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट,लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह हुन्छ ।

अनुसन्धानले देखाएको छ कि, पूरापुर श्वासप्रश्वास नगर्ने व्यक्तिको मृत्यु छिटै हुन्छ । त्यसैले तपाईले पूरा श्वास लिने छोड्ने अभ्यासले आफ्नो शरीरलाई न्याय गर्न सक्नुहुन्छ ।

ग्यास्ट्रिकको समस्या छ ? बार्नुहोस् यस्ता खानेकुरा

काठमाडौं । के तपाईलाई ग्याष्ट्रिकको समस्या छ रु या परिवारका सदस्य यस समस्याबाट जुधिरहनुभएको छ ?  हुन त “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ भने भुलेर पनि यी खानेकुरा नखानुहोस्

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु  (ससेज, ह्याम), ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

ग्यास्ट्रिक निको पार्ने घरेलु उपचार विधि थाहा छ रु यसरी गर्नुहोस् घरैमा उपचार

हाम्रो जस्तो अल्पविकसित मुलुकका बहुसंख्यक मानिसहरुमा ग्यास्ट्रिकको समस्या हुने गरेको छ । खानाको समय नमिल्ने कारणले गर्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ त्यसैले हामीले ठीक समयमा खाना खाने गर्नुपर्छ । ग्यास्ट्रिक भएको समयमा हामीले धेरै कुरामा ध्यान दिने गर्नुपर्छ । ग्यास्ट्रिकलाई हामीले सामान्य रुपमा लिन हुँदैन । यदी ग्यास्ट्रिक बिग्रियो भने आन्द्राको अल्सर हुन्छ ग्यास्ट्रिकको समस्याले सताएर हैरान हुनुहन्छ भने यस्तो उपायहरु उपनाउन सकिन्छः

१ प्रशस्त पानी पिउनेः लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ

२ लसुन पानीको प्रयोगः बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरलाई फायदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ

३ खाना समयमा खानेः ग्यास्ट्रिक भएकाहरुले समेतसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ

४ कागती पानीको प्रयोगः पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने गर्नुपर्छ । यसले ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन

५ कार्बोहाइड्रड कम खानेः पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ

६ दूध नपिउनेः ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

के बार्ने त  ? 

ग्यास्ट्रिकका कारण धेरैले आजभोलि टेन्सन पाइरहेका छन् । पेटमा अतिरिक्त अमिलो जम्मा भएपछि ग्यास्ट्रिक हुने गर्छ । ग्यास्ट्रिक बिग्रियो भने अल्सर तथा क्यान्सर पनि हुन सक्छ । जटिल खाद्य पदार्थका लागि शरीरमा एसिडको मात्रा सामान्य हुनु जरुरी पनि हुन् । एसिडिटी कम भए पनि बढी भए पनि यसले पेटमा समस्या पारिदिन्छ । तपाईंमध्ये धेरैलाई थाहा नहुन सक्छ, तनावले पनि ग्यास्ट्रिक बढाउन मद्दत गरिरहेको हुन्छ । अधिक धुम्रपान र अल्कोहलले पनि ग्यास्ट्रिक हुने गर्छ । धेरै चिल्लो, पीरो, तातो खानाले पनि एसिडिटी गराउने गर्छ ।

ग्यास्ट्रिकबाट बच्नका लागि ग्रीन टीको अवधारणा आएको छ । पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । र, बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बचाउन सक्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

यदि ग्यास्ट्रिकबाट बच्न चाहनुहुन्छ भने मसला, अचार र तेल भएको खाने कुरा पनि कम खान डाक्टरले सल्लाह दिँदै आएका छन् ।

खा्दै  नखानुस् है यी खानेकुरा ! 

पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ।

अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ। यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

त्यसैले ग्यास्ट्रिक भएमा यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन : 

एसिडिक खानेकुरा  (कागती, सुन्तला, निबुवा, भोगटे,टमाटर)  दूध र दूधजन्य पदार्थ , मदिरा सेवन, चिया र कफी, मसलेदार खानेकुरा, प्रशोधित खानेकुरा आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?