विद्रोह र क्रान्तिको विरासत जोगाउन आत्मसमीक्षा गरेर अघि बढौँ : अर्जुननरसिंह केसी

काठमाडौं- आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईंदैछ । वीर सहिदको बलिदानीबाट प्राप्त उपलब्धी संस्थागत भएसँगै कमसेकम न्यूनतम मानिएका विकास निर्माण र विकासका ढोका खोलीनेमा आशावादी जनतामा निराशा छाउन थालेको जगजायर नै छ ।

यसैबीच नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले फागुन सात गतेको यो दिन प्रजातन्त्र दिवस मात्र नभएर संघर्ष, बलिदान, इतिहास र लोकतान्त्रिक नेपालको प्रारम्भसँगै देशको आधुनिकीकरण र विकासको सुरुवात भएको ऐतिहासिक दिन भएको भन्दै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा इमान्दारितापूर्वक आत्मा समीक्षा र आत्मा आलोचना गर्न नेतृत्वलाई सुझाएका छन् । केसीले लेखेका छन्,
”संविधानसभाले संविधान बनाउने प्रतिबद्धताको घोषणा, ०४६ सालको ४९ दिने सफल जनआन्दोलनको शुभारम्भ, २०१५ सालको पहिलो आमनिर्वाचन, आदि विविध सन्दर्भ पनि यही फागुन ७ संगै जोडिएको बहुआयामिक ऐतिहासिक दिवस हो यो दिन। प्रजातन्त्र दिवस ।
त्यसअघिका सबै असफल आन्दोलन, विद्रोह र क्रान्तिको विरासत र उत्तराधिकारी हो यो जनक्रान्ति र प्रजातन्त्र दिवस ।
आज को दिन प्रथमत सरकार र राष्ट्रिय जीवन का सबै पक्ष ले सूक्ष्म विश्लेषण र सिंहावलोकन गर्दै देखिएका भ्रष्टाचार, अन्याय,अनियमितता, विकृती महँगी,हत्या, हिँसा, बलात्कार, विधिविहिनता र बेरोजगारी को पराकाष्टा को आत्मसमीक्षा को आवश्यक छ।
के वर्तमान स्थितिले यो ऐतिहासिक परिवर्तन र सहिदहरुको बलिदान को रक्षा भएको महसुस हुनसकेको छ ? इमान्दारितापूर्वक आत्मा समीक्षा र आत्मा आलोचना गरौ  हामी कहाँ कहाँ चुकेका छौं यस्को यथार्थ समीक्षा र सुधार नै वास्तविक अर्थ मा प्रजातन्त्र दिवस प्रति को सम्मान हुनेछ।

अतः यस युगान्तकारी दिवसको सुखद अवसरमा म सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन, क्रान्तिका वीर एवं पौरखी सेनानीहरूप्रति हार्दिक अभिवादनका साथ समस्त प्रजातन्त्रप्रेमी र प्रजातन्त्रवादी दिदीबहिनी दाजुभाईहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

दिवसको अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरिएको छ ।

यसअघि लोकपथ डटकमको युट्युव च्यानल लोकपथ टिभीमा केसीसँग गरिएको खास कुराको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

भिडियो अन्तर्वार्ता हेर्न यस लिंकमा क्लिक गर्नुहोस् : सिके राउत र सरकारको सहमति कार्यान्वयमा यस्तो जटिलता (https://www.youtube.com/watch?v=bXTRnOKDq_0&t=143s) 

 

यो पनि पढ्नुहोस् यसअघि लोकपथमा प्रकाशित समाचार  

चीनले नेपाललाई सी विचारधाराको प्रचार थलोको रुपमा प्रयोग गर्यो : नेता केसी

मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नलिए सशक्त आन्दोलन गर्छौं : केसी

प्रधानमन्त्रीलाई फेरि नझुक्याइयोस्स् नेता के.सी

देउवा एकलौटी ढङ्गबाट अघि बढ्न खोजे :  नेता केसी

सर्लाही घटनाको विषयमा सरकारलाई कांग्रेस नेता केसीको चुनौती, “प्रतिशोध निम्तिन सक्छ, हेक्का राख्नू”

काँग्रेस नेता केसीको सुझाव, पार्टीको विधान यस्तो हुनुपर्छ (सुझावसहित )

केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी

केपी ओलीमा बरबराउने रोग लाग्योः नेता केसी

क्रियाशिल सदस्यता विवरणमा सिन्डिकेट गरियोः नेता केसी

दिवंगत वामपन्थी नेता पण्डित अर्जुननरसिंह केसीको मामा, यसरी सम्झिए

देउवाविरुद्ध रामचन्द्रदेखि अर्जुननरसिंह केसी केसीसम्म एकैठाउँमा, कसले के भने ?

वाइडवडी काण्डमा कांग्रेसका नेता र मन्त्रीको संलग्नता छैन : अर्जुननरसिंह केसी

बुद्धको मूर्ति तोडफोड प्रकरण : कांग्रेस नेता अर्जुननरसिंह केसीको यस्तो ट्वीट

अर्जुननरसिंह केसीको ढिला आयो तर कडा आयो !

 

सरकारले क्यान्सर पीडितलाई उपचार खर्च पाँच लाख दिनुपर्छ :  अर्जुन नरसिंह केसी

जिम्मेवार नेताले हारको जिम्मेवारी नलिएसम्म पार्टी सुध्रिँदैनः नेता केसी

प्रधानमन्त्रीबाटै अपराधीको संरक्षण :  नेता केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?