क्रियाशिल सदस्यता विवरणमा सिन्डिकेट गरियोः नेता केसी

appharu
0
Shares

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेतृत्वले क्रियाशिल सदस्यता वितरणमा सिन्डिकेट खडा गरेको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस मकवानपुर–काठमाडौँ सम्पर्क समितिद्धारा शनिबार आयोजित कार्यक्रममा उनले भने, ‘‘पार्टीका लागि ऊर्जाका शक्ति भातृ संगठन अस्तव्यस्त छन् । केही भातृ संगठनको १४ वर्षदेखि अधिवेशन भएको छैन । किन नगरेको छ ? क्रियाशिल सदस्यता विवरणमा किने सिन्डिकेट गरिदैँछ ? यसले पार्टीलाई फाइदा होइन घाटा गर्छ, नेतृत्वले बुझ्नुपर्दैन ?’
उनले नेता कार्यकर्तालाई शक्तिमा भन्दा सत्यमा विश्वास पनि आग्रह गरे ।

उनले भने, ‘पार्टी नेतृत्व छान्दा चित्र होइन चरित्र हेर छान्ने हो, व्यक्ति होइन व्यक्तित्व हेरर छान्ने हो । त्यसैले को मान्छे शक्तिमा भन्दा पनि को मान्छे सत्यमा विश्वास गर्छ । त्यसैलाई साथ दिनुहोस् ।’

पार्टी नेतृत्वले कुसैको विचार वा अभिव्यक्तिमा रोक लगाउन नमिल्ने नेता केसीको भनाइ थियो ।
पार्टीको संस्थापन पक्षलाई यथास्थितिवादीको संज्ञा दिँदै उनीहरुबाट पार्टीले गति लिन नसक्ने पनि केसीले जिकिर गरे ।

केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादी सोचका साथ अगाडि बढिरहेको पनि केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?