केपी ओलीमा बरबराउने रोग लाग्योः नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार भ्रष्टचारीको संरक्षणमा लागिपरेको आरोप लगाएका छन् । 

नेपाली कांग्रेस भीमसेन थापा गाउँपालिका–२ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता केसीले भ्रष्टाचारीविरुद्ध कडा रुपमा प्रस्तुत हुन नसकेर ओली सरकार नराम्ररी चुकेको टिप्पणी गरे । 

‘मेरो र तेरो नभनी भ्रष्टाचारविरूद्ध एक हुनुपर्छ, तर प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा गम्भीर भएको दैखिँदैन’ केसीको भनाई छ।  

उनले प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीको कुरा नसुन्ने गरेको भन्दै उनमा खाली बर्बराइरहने रोग लागेको बताए । 

उनले नेपाली कांग्रेसभित्र गुटगत समस्या हाबी रहेको भन्दै त्यसमा पनि यथास्थितिवादी गुट चुनौतिको रुपमा खडा भएको टिप्पणी गरे।  

उनले नेतृत्वको कार्यशैली नसच्चिएसम्म काँग्रेस राम्रो बन्न नसक्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?