जिम्मेवार नेताले हारको जिम्मेवारी नलिएसम्म पार्टी सुध्रिँदैनः नेता केसी

काठमाडौं–नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले जिम्मेवार नेताले गत निर्वाचनमा भएको हारको जिम्मेवारी नलिएसम्म पार्टी नसुध्रिने ठोकुवा गरेका छन् ।

चितवन काठमाडौं प्रजातान्त्रिक संगमले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले आफूपनि हारको जिम्मेवारी लिन तयार भएको बताए ।

‘नेतृत्वदेखि सबै जिम्मेवार नेताले हारको जिम्मेवारी नलिएसम्म यो पार्टी सुध्रिँदैन । पहिलो नम्बरमा नेतृत्व, दोस्रोमा महामन्त्री, तेस्रो नम्बरमा वरिष्ठ नेता र चौथो नम्बरमा मैले पनि संसदीय समितिमा रहेको आधारमा हाल जिम्मेवारी लिनुपर्छ र म त्यो जिम्मेवारी लिन तयार छु’, नेता केसीले भने ।

उनले पार्टी एक ढिक्का भएर अघि बढेको सन्देश दिँदै आम कार्यकर्तामा उत्साहको सञ्चार गरिनुपर्नेमा पनि जोड दिए ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?