वाइडवडी काण्डमा कांग्रेसका नेता र मन्त्रीको संलग्नता छैन : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वाईडवडि काण्डमा कांग्रेसको नेता र मन्त्रीहरुको संग्लनता नरहेको दाबी गरेका छन् ।  

नेपाली कांग्रेसले गरेको देशव्यापि प्रदर्शनका क्रममा नुवाकोट पुगेका केसीले सरकारले वाईडवडि काण्डमा कांग्रेसको पनि सग्लनता रहेको भन्दै आएको बेलामा काङ्ग्रेसका नेताहरुको वाईडवडि विमानमा संग्लनता भएको पाइएमा  कारबाहि गर्न चुनौति दिएका छन् । ‘कांग्रेसले कुनै पनि तहमा भष्टचार गर्दैन्’ केसीले भने । 

त्यस्तै सुन भनेर समातेको तामा भएको प्रसङ्गसंग जोड्दै  नेता केसिले ३३ किलो सुन समेत तामा कै मूल्यमा सिंहदरवार र बालुवाटारमा भागवण्डा भएको आरोप लगाए । त्यसै कारणले पनि  दोषिलाई कारबाही हुन नसकेको उनको भनाई थियो । 

साथै, आज नुवाकोटमा  काङ्ग्रेसले गरेको कार्यक्रममा संबोधन गर्दै पार्टी सभापति जगदिश्वर नरसिंह केसिले महंगी र भष्टचारले नरोकिएकाले सरकारविरुद्ध प्रदर्शन गर्नुपरेको बताए  । 

सुनकाण्डमा निर्दोष प्रहरीहरुलाई  फसाएको भन्दै  सिंहदरवार र वालुवाटारमा शक्तिको आडमा  सुनकाण्ड, वाईडवडि र निर्मला पन्तको बलात्कार र हत्या गरेको आरोपीहरुलाई सार्वजनिक नगरेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?