९ माघ २०७८, आईतवार

देउवाविरुद्ध रामचन्द्रदेखि अर्जुननरसिंह केसी केसीसम्म एकैठाउँमा, कसले के भने ?

२०७५,जेष्ठ,२८,सोमवार १५:४४

0
Shares

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै काँग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ काठमाडौँले आज आयोजना गरेको ‘अबको काँग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीमा उनले भने, “१३ औँ महाधिवेशनको परिणाम अहिले भोगिरहेका छौँ । वरिष्ठ नेता पौडेलले सरकारले दुईतिहाईको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको बताए । “सत्तारुढ दल पैसाको खोल ओढेर काँग्रेस सिध्याउने खेलमा लागेका छन्, काँग्रेसलाई घेराबन्दी पार्ने खेल भइरहेको छ, काँग्रेस समयमै सचेत हुनु जरुरी छ,”–उनले भने ।

पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधिविधानलाई उल्लंघन गरेर पार्टी चल्न नसक्ने बताए“पार्टी नै विधानअनुुसार चल्न नसक्दा भ्रातृ संस्था लथालिंग अवस्थामा पुगेको छ,” उनले भने  । पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सामन्तवाद र चाकडीबाज संस्कारले काँग्रेस अगाडि बढ्न नसक्ने बताए ।  “सभापतिले ४० सांसद मनोनीत गर्दा मजदुर, बुद्धिजीवी, वकिल कसैलाई पनि नगर्नु दुःखद् कुरा हो, यस्तो तरिकाले काँग्रेस चल्न सक्दैन,”, उनले भने । पार्टीभित्र नीति, कार्यक्रम र सांगठनिक संरचना परिवर्तन आवश्यक भएको उनको भनाइ थियो ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले काँग्रेसलाई पहिलो बनाउने दृढ संकल्प बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
यस्तै नेता वीन्द्रराज जोशीले सबै जनतालाई समेटेर अगाडि बढे मात्र पार्टी सशक्त हुने बताए ।

केन्द्रीय सदस्य गगनकुमार थापाले काँग्रेसलाई बलियो बनाउन स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनको मिति तय गरी जनतामाझ जानुपर्ने बेला आएको बताए ।  केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व, सिद्धान्त, व्यवहार र आचरण सुधार गरे मात्र काँग्रेस सुध्रिने बताए  ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले र नेता दीपक भट्टराईले वर्तमान नेतृत्वका कारण नेविसंघ कमजोर भएको छ भन्दै नेविसंघ जोगाउन सबै विद्यार्थी एकजुट हुनुपर्ने बताए ।
नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यले काँग्रेस र भ्रातृसंस्थालाई चलायमान बनाउन नेविसंघ काठमाडौँले समय समयमा रचनात्मक काम गर्दै जाने बताए ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२८,सोमवार १५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४