बुद्धको मूर्ति तोडफोड प्रकरण : कांग्रेस नेता अर्जुननरसिंह केसीको यस्तो ट्वीट

appharu
0
Shares


काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले रुपन्देहीमा भएको बुद्धको मूर्ति तोडफोडको घटनामा गम्भिर ध्यानाकर्षण भएको भन्दै नियोजित षड्यन्त्रको विरुद्ध ट्वीट गर्नुभएको छ ।


यो एउटा घटना मात्रै नभई हाम्रो धर्म, संस्कृति र मूल्य माथिको चुनौती भएको उहाँको धारणा छ । धार्मिक सहिष्णुता र सद्भाव खल्बल्याउने र धार्मिक द्वन्द्व श्रृजनागरी देशमा बिग्रह निम्त्याउने नियोजित षड्यन्त्र भएको भन्दै उहाँले सबै सचेत हुनुपर्ने तर्क गर्नुभएको हो ।

बुटवल-बेलहिया सडक खण्डको बीच भागमा राखिएको बुद्धको मूर्ति तोडफोड भएको थियो ।

६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएको पाँच वटा बुद्धको मूर्ति तोडफोड भएको हो ।

बुधबार साँझसम्म ठीकठाक अवस्थामा रहेका मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको थियो ।


यो समाचार पढ्नुभयो ?

कसले फूटायो बुद्धको मुर्ति, के हुन्छ सजाय ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?