सर्लाही घटनाको विषयमा सरकारलाई कांग्रेस नेता केसीको चुनौती, “प्रतिशोध निम्तिन सक्छ, हेक्का राख्नू”

काठमाडौँ –  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सर्लाही घटनाको भत्सर्ना गर्दै नेकपाले हिंसाको राजनीतिलाई पुनरावृति गर्ने दुष्साहस गरिसकेको र पिडितले न्याय नपाए परिणाम राम्रो नहुने बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले सर्लाहीको रामनगर गाउँपालिका वडा नम्बर ४ मा कर्तिक १३ गते नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष रामनरेश महतोमाथि नेकपाका कार्यकर्ताद्धारा सांघातिक आक्रमण गरिनु, उनका काका ५५ वर्षीय रामविलास महतोलाई सांघातिक हमलासहित गोली हानी हत्या गरिनु, कांग्रेस कार्यकर्ता सर्वश्री महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहालाई गोली हानेर गम्भिर घाईते बनाउनु, महतोको घरमा क्षति पुर्याउनु , घाईतेको उद्धारमा गएको एम्बुलेन्स तोडफोड गरिनु, उपचारमा समेत अवरोध गर्नु अमानवीय, आततायी र कायरतापूर्ण भएको बताएका छन् । 

केसीले फेसबुकमा पोष्ट गरेको स्टाटस :

सत्ताको आड लिएका हत्यारा र तिनका मतियारहरूलाई उन्मुक्ति दिने षड्यन्त्र हुनसक्ने आंशका गर्दै केसीले सरकारले हत्याका अपराधीलाई कैद माफी गरिएको, बलात्कारी तथा हत्यारालाई आजसम्म पक्राउ गर्न नसकेको र अपराधीलाई राजनीतिक संरक्षण गरिएको अनेकौँ उदाहरणको पृष्ठभूमिमा सर्लाही घटनाका अपराधीहरूले उन्मुक्ति नपाउन् भन्दै सरकारसँग माग गरेका छन् । 

उनले स्टाटसमा लेखेका छन्, “अन्यथा बदला र प्रतिसोधको स्थिति निम्त्याउन सक्छ भन्ने कुरा सरकारमा हेक्का रहोस् । हत्या गरिएका रामविलासजी लगायत सबै घाइतेका परिवारहरूलाई न्यायोचित क्षतिपूर्ति दिन, घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले नै ब्यहोर्न, उहाँहरूका छोराछोरीहरूको शिक्षादीक्षा तथा वृत्तिको व्यवस्था गर्न र अपराधीहरूलाई कानुनको कठघरामा ल्याई हदैसम्मको सजाय दिई कानुनी राज र न्यायपूर्ण सुशासन सावित गर्न सरकारसमक्ष जोडदार माग गर्दछु ।”

केसीले फेसबुकमा पोष्ट गरेको स्टाटस : 
    

सम्बन्धित समाचार पढ्नुहोस्  : 

महतोकाे गाेली हानी हत्या भएपछि बाेल्याे काँग्रेस, सरकारसँग यस्ताे माग

वडाध्यक्षमाथि आक्रमणः टाउकोमा चोट, देब्रे खुट्टा भाँच्चियो

सर्लाहीमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप, एकजनाको मृत्यु

रामनगर गाउँपालिकाका वडाध्यक्षमाथि आक्रमण, घटनामा संलग्नको खोजी जारी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?