अर्जुननरसिंह केसीको ढिला आयो तर कडा आयो !

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले लोकतन्त्रको रक्षा काङ्ग्रेसले मात्रै गर्न सक्ने भन्दै वर्तमान सरकारले जनतालाई ठूला सपना देखाएर झुक्याउने काम मात्रै गरेको बताएका छन् ।

 जनताको मत आफ्नो पक्षमा पारेर चुनाव जिते पछि केपी ओली सरकारले चिप्ला र भ्रणको खेति गरेको उनले आरोप लगाए ।
यस्तै उनले ओली सरकारले मानव अधिकार, प्रेसमाथि हस्तक्षेप र समृद्धिको नाममा प्रत्येक नेपालीको टाउकोमा ऋण थप्ने काम बाहेक अरु केही नगरेको पनि आरोप लगाए ।

शनिबार नेपाली काँङ्ग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत हेटौडाको समापन समारोहमा सम्बोधन गर्दै केसीले पार्टी भित्र भएका गल्ती कमजोरीलाई सच्याउने प्रण गर्दै सबै नेताले कार्यकर्ता माझ नवीन र वैज्ञानिक मार्गहरु लिएर अघि बढ्ने प्रतिज्ञा गर्नु पर्ने बताए।

अब काँङ्ग्रेसले आफूआफू भित्रको मतमतान्तरलाई बिर्सेर कार्यकर्ताले समेत ठीकलाई ठीक  र बेठिकलाई बेठिक भन्ने आँट राख्नु पर्ने बताए।

व्यक्ति भन्दापनि बिचार, चित्र होईन चरित्र, सत्ता होईन सत्यको पक्षमा उभिन आग्रह गर्दै यो राष्ट्रिय जागरण अभियान कार्यकर्तामा मात्रै नई नेतामा समेत स्वजागरण आवश्यक रहेको केसीले बताए।

मकवानपुर काङ्ग्रेस सभापति ईन्द्र बहादुर बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न दल त्यागेर दर्जनौं काङ्ग्रेसमा समेत प्रवेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?