प्रधानमन्त्रीलाई फेरि नझुक्याइयोस्: नेता के.सी

काठमाडौं । काँग्रेस नेता अर्जुननरसिंह केसीले अविरल वर्षापछि आएको बाढी पहिरोबाट प्रभावितलाई प्रभावकारी उद्दार र राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

उनले सरकार उद्धार, राहत र पुन:र्स्थापनामा नचुकोस् भन्दै यसपनि पुनः प्रम केपी शर्मा ओलीलाई झुक्याउने काम नहोस् भन्दै सचेत गराएका हुन् ।

उनले भने “यसविपद्को क्षणमा तिनै तहका सरकार र सम्पूर्ण राजनितिक दलहरुको एकिकृत प्रयास जरुरी छ । सरकार उद्धार,राहत र पुनर्स्थापनामा नचुकोस् र पुनः प्रमलाई नझुक्क्याइयोस्।”
चार दिन देखिको अविरल बर्षाले देशका विभिन्न भाग बाढी र पहिरोले क्षतिग्रस्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?