देउवा एकलौटी ढङ्गबाट अघि बढ्न खोजे : नेता केसी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टी नेतृत्व एकलौटी चल्न खोजे पार्टीलाई घाटा पुग्ने बताएका छन् ।

नेपाली काँग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान नेतृत्व एकलौटी ढङ्गबाट अगाडि बढ्न खोजेको आरोप लगाए ।

नेता केसीले विधि, विधान मिचेर अगाडि बढ्दा समस्या उत्पन्न हुने भन्दै सहमतिबाटै पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए । “पार्टी सभापति शेरबहादुर देउवा पार्टीको महाधिवेशन प्रभावित पर्न लागि परेका छन्”, उनले भने, “सहमति र सहकार्यबाटै अगाडि बढ्न सके मात्रै पार्टीको हित हुन्छ ।”

यसैगरी नेता केसीले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन्।

तनहुँको ब्यास नगरपालिका–३ स्थित सत्यवती बचत तथा ऋण सहकारी संस्थाको ८ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने बताएका हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?