नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले वर्तमान सरकार अपराधी संरक्षण गर्ने नाईके भएको टिप्पणी गरेका छन् ।
पार्टीको ‘राष्ट्रिय जागरण अभियान’को बुधबार हेटौंडामा उद्घाटन गर्दै उनले जनतालाई भ्रममा राखेर प्रधानमन्त्रीले हावादारी सपना बाडेको आरोप लगाए ।
जनताको विकास भन्दा सरकारले सपना मात्र बाँड्ने काम गरेको भन्दै उनले कम्युनिस्ट नेतृत्वको सरकारका कारण मुलुक संकटमा पर्दै गएकोले अब कांग्रेस सचेत हुनुपर्ने बेला आएको बताए ।
उनले सेना परिचालनको अधिकारसमेत आफ्नो नेतृत्वमा राखेर वर्तमान सरकार सत्ता कव्जाको तयारीमा रहेको बताए ।
साे अवसरमा १२५ जना भन्दा बढी नेकपा परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
जसमा कल्पना सिबाकाेटी, २५ बर्ष नेकपा एमालेमा सकृय ठाकुर सुवेदी, नारायणी यातायात सचिब , पुरूषाेतम घिमिरे पूर्ब अनेरा स्वबियु नेता लगायत छन् । उनीहरुलाई केसीले पार्टीमा स्वागत गरेकाे थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया