काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) नेपालको पाँच वटा प्रदेशमा देखा परेको छ । शुक्रवारसम्म नेपालमा ३० जना कोरोना संक्रमित देखा परेका छन् । उदयपुरमा १२ र चितवनामा २ जना कोरोना संक्रमित देखिनुअघि नेपालमा १६ जना कोरोना संक्रमित थिए ।
जसमा एक जना निको भएर घर गइसकेका थिए भने बाग्लुङकी एक बृद्घाको पनि पछिल्लो पटक कोरोना परिक्षणमा नेगेटिभ देखिएको छ । तर पछिल्लो कोरोना संक्रमणको अवस्था हेर्दा प्रदेश १ र प्रदेश २ मा अझ वढी जोखिम देखिएको छ । जोखिम यो कारणले पनि छ की उदयपुर र विरगञ्जमा पछिल्लो समय कोरोना संक्रमण देखिएकाहरु मस्जितमा लुकिरहेको अवस्थामा प्रहरीले स्वाब परीक्षण गरे पश्चात घटना बाहिर आएको हो ।
अहिलेसम्म प्रदेशको आधारमा प्रदेश नम्बर १ , प्रदेश नम्बर २, प्रदेश नम्बर ३ , गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखा परेका छन् । जसमा प्रदेश १ मा १२ जना (उदयपुर ) , प्रदेश २ मा ४ जना (विरगञ्ज ३, रौतहट १ ) , प्रदेश ३ मा ७ जना (काठमाडौ ५, चितवन २ ), गण्डकी प्रदेश २ जना (बागलुङ ) र सुदुरपश्चिम प्रदेशमा ५ जना ( कैलाली ४ , कञ्चनपुर १ ) गरी अहिले नेपालमा ३० जना कोरोना संक्रमित देखिएका छन् । यस्तै कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा भने अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।
संक्रमित गोपनियता राख्ने भन्दै सरकारले संक्रमित रहेको जिल्ला र उनीहरुको उमेर समूहबाहेक थप विवरण सार्वजनिक गरेको छैन् । अझ प्रदेश १ र २ मा फेला परेका अधिकांश कोरोना संक्रमित भारतीय भनिएको छ तर सरकारले आधिकारिक रुपमा भनेको छैन् ।
नेपालमा रहेका अधिकांश कोरोना संक्रमित विदेशबाट आएका हुन् तर सुदुरपश्चिम प्रदेशमा भने एकजना संक्रमित भने आफन्तबाट कारोना संक्रमण भएको पाइएको छ । शुक्रबार बेलुका नयाँ संक्रमित पुष्टि हुनु अगाडिसम्म काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका थिए ।
काठमाडौंमा पाँच जना कोरोना संक्रमित फेला परेका थिए । शुक्रबार एकै पटक १२ जना संक्रमित फेला परेपछि अब उदयपुर सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला भएको छ ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय
कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल
दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह
चिनियाँ नौसेनाले मिसाइल हानेपछि डरायो विश्व, जापानद्वारा सेना परिचालन
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया