काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
यसअघि आजै कांग्रेस सभापति गगनकुमार थापाले सरकारबारे पार्टीको धारणा सार्वजनिक गरेका थिए । उनले सरकार सञ्चालनको विषयमा विभिन्न प्रश्न उठाएका थिए ।
सभापति थापाले सरकारको कामकारबाहीबारे प्रश्न उठाएपछि बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया