भिभो भी८० नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

लोकपथ
0
Shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन भिभो भी८० नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइन, उत्कृष्ट क्यामेरा, शक्तिशाली ब्याट्री र एआई प्रविधिसहित कम्पनीले नयाँ स्मार्टफोन बजारमा ल्याएको हो ।

भिभो भी८० को मूल्य नेपालमा १ लाख ८ हजार ९९९ रुपैयाँदेखि सुरु हुनेछ। कम्पनीका अनुसार फोनमा ७ हजार २०० एमएएच क्षमताको ब्लुभोल्ट ब्याट्री र ९० वाट फास्ट चार्जिङ सुविधा रहेको छ ।

फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको जाइस सुपर टेलिफोटो क्यामेरा र ५० मेगापिक्सेलको जाइस ग्रुप सेल्फी क्यामेरा राखिएको छ । यसका साथै अगाडि र पछाडिका दुवै क्यामेराबाट ४के भिडियो रेकर्ड गर्न सकिन्छ ।

फोनमा एआईमा आधारित विभिन्न सुविधा पनि समावेश गरिएको छ । क्याप्चर टु नोट सुविधाले ह्वाइटबोर्ड, प्रस्तुतीकरण तथा लिखित सामग्रीको फोटो खिचेर डिजिटल नोट बनाउन सहयोग गर्छ । त्यस्तै, एआई रेकर्डरले बैठक तथा छलफलको आवाजलाई लेखाइमा परिवर्तन गर्नुका साथै मुख्य विषय र निर्णयको सारांश तयार गर्न सक्छ ।

भिभो भी८० मा १.५के ओएलईडी डिस्प्ले र १४४ हर्ज रिफ्रेस रेट रहेको छ । सुरक्षाका लागि थ्रीडी अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सर तथा पानी र धुलोबाट जोगाउन आईपी६८ र आईपी६९ सुरक्षा सुविधा दिइएको छ ।

७.६९ एमएम पातलो फोन राइज अरेन्ज र प्राइम ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ । कम्पनीले यसमा ६ वर्षसम्म स्मुथ अनुभव र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउने जनाएको छ ।

भिभो भी८० को प्रि(बुकिङ नोभेम्बर १ देखि ४ सम्म खुला गरिएको छ । यस अवधिमा प्रि(बुक गर्ने पहिलो १ हजार २०० ग्राहकले भिभो बड्स निःशुल्क, २ हजार रुपैयाँ क्यासब्याक, अगाडि तथा पछाडिको स्क्रिन ब्रेकेज इन्स्योरेन्स र ६ महिनाको अतिरिक्त वारेन्टी पाउनेछन् ।

फोन नोभेम्बर ५ देखि दराज अनलाइन तथा नेपालभरका भिभोका आधिकारिक रिटेल पसलबाट खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १ लाख ८ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १ लाख ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

ग्राहकले १२ महिनाको शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधामार्फत पनि भिभो भी८० खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?