कोरोनाका कारण विश्वभर १ लाख ३४ हजार ६ सय बढीको मृत्यु, २० लाख नाघे संक्रमित

काठमाडौं ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’ बाट ज्यान गुमाउनेको संख्या विश्वभरमा १ लाख ३४ हजार ६ सय १५ जना पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोनाका कारण विश्वभर संक्रमित हुनेको संख्या २० लाख ८३ हजार ३ सय ४ रहेको छ । विश्वभरबाट यस घातक संक्रमक भाइरसको संक्रमणपछि उपचार गरेर घर फर्कनेको संख्या ५ लाख १० हजार रहेको छ ।

५१ हजार १ सय ४२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २८ हजार ५२९ जनाको मृत्यु भएको छ । इटालीमा २१ हजार ६४५, स्पेनमा १८ हजार ८१२, फ्रान्समा १७ हजार १६७, बेलायतमा १२ हजार ८६८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

कोरानाले पछिल्लो २४ घण्टामा ८ हजारको मृत्यु हुँदा अमेरिकामा मात्रै २ हजार ४८२ को ज्यान गयो । कोरोना भाइरस कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा करिब ८ हजारको ज्यान गएको छ । २४ घण्टामा कोरोनाले ७ हजार ९५९ जनाको ज्यान लिएको छ ।

यसमध्ये सबैभन्दा धेरै अमेरिकामा २ हजार ४८२ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा मात्रै कोरोनाले २८ हजार ५२९ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा फ्रान्समा १ हजार ४३८, स्पेनमा ५५७, इटालीमा ५७८, बेलायतमा ७६१ तथा जर्मनीमा ३०९ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ८४ हजार ४६९ कोरोना संक्रमितत थपिएका छन् । यसमा सबैभन्दा धेरै अमेरिकामा ३० हजार २०६ भेटिएका छन् । स्पेनमा ६ हजार ५९९, फ्रान्समा ४ हजार ५६०, बेलायतमा ४ हजार ६०३, इटालीमा २६६७ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको यस भाइरसको कारण विश्व संन्त्रासमा छ । हालसम्म उपचार गर्ने भ्याक्सिन र औषधीहरु पत्ता नलागेको कारण पनि मानिसहरु यस भाइरसको नाम सुन्नेबित्तिकै डराउँछन् ।
नेपालमा हालसम्म १६ जनामा यो संक्रमण देखिएको छ । तिमध्ये १ जना निको भएर घर फर्केका छन् भने बाँकी १५ जनाको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

रिसर्चबाट खुल्यो रहस्य अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा ! 

लकडाउनमा ९५ प्रतिशतले बढ्यो ‘पोर्न’ हेर्नेको संख्या, कुन देशमा कति ? 

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन ! 

सुपर कम्प्युटरको खुलासा के साँच्चै अमेरिकाबाट फैलिएको थियो कोरोना ? 

संसारसँग नडराएको तालिवान कोरोनासँग डरायो, थाल्यो लडाईको तयारी !

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ !  के भन्छन् चिकित्सक ? 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?   

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?