अब भारत, पाकिस्तान र युएईविरुद्धको नेपालको खेल सबै डिजिओमा प्रत्यक्ष हेर्न पाइने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली क्रिकेट समर्थकहरूले ‘डीपी वर्ल्ड एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ अन्तर्गत नेपालका सबै खेल डिजिओ (DGO) मा प्रत्यक्ष हेर्न पाउने भएका छन् ।

कतारको दोहामा आयोजना भइरहेको प्रतियोगितामा नेपालले कठिन समूहमा रहेर भारत, पाकिस्तान र यूएईजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्दैछ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली प्रतियोगितामा सहभागी हुँदैछ ।

प्रतियोगिताका सबै खेल प्रत्यक्ष हेर्न दर्शकले डिजिओको क्वार्टरली सब्स्क्रिप्सन अर्थात् डिजिओ स्पोर्ट्स प्याकेज लिनुपर्नेछ । उक्त प्याकेजमार्फत नेपालका सबै खेलसहित प्रतियोगिताका सम्पूर्ण खेल प्रत्यक्ष हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रत्यक्ष प्रसारण हेर्नका लागि दर्शकले एन्ड्रोइड, आईओएस तथा स्मार्ट टिभीमा डिजिओ एप डाउनलोड गर्न सक्नेछन् । त्यसैगरी www.watchdgo.com मा लगइन गरेर पनि सब्स्क्रिप्सन लिन सकिनेछ ।

डिजिओले यस प्लेटफर्ममार्फत समर्थकहरूलाई जुनसुकै स्थानबाट प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्ने सुविधा उपलब्ध गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?