यी हुन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

लोकपथ
0
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को भारत भ्रमण स्वीकृत गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेनको आसन्न भ्रमण स्वीकृत गरेको हो ।

यसैगरी आज बसेको बैठकले भोटेकोशी बाढीबाट प्रभावितहरुका लागि चीन सरकारले उपलब्ध गराएको २ मिलियन अमेरिकी डलर सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय झोलुंगे पुल नीति स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :

१.२०८३ मङ्सिर ६ र ७ गते सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।

२.चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने।

३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट Rapid Credit Facility अन्तर्गत प्रास्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबर निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।

४.नेपाल भर नाप जाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नाप जाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने।

५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६-२०३०) स्वीकृत गर्ने।६.ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३ स्वीकृत गर्ने।

७.राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?