काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विभिन्न ४८ वटा हिमाल आरोहणका लागि १८८ टोलीलाई अनुमति दिँदा ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
सरकारले हिमाल आरोहणका लागि अनुमति दिएका आरोहीबाट कुल ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ सलामी दस्तुरबापत राजस्व प्राप्त गरेको हो ।
सबैभन्दा बढी राजस्व मनास्लु हिमाल आरोहणबाट संकलन भएको छ । मनास्लु आरोहणका लागि अनुमति लिएका ४३ टोलीका ५०० आरोहीबाट सरकारले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ प्राप्त गरेको छ ।
त्यस्तै, आमादब्लम हिमाल आरोहणका लागि अनुमति लिएका ४७६ आरोहीबाट सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी, धौलागिरि–१ हिमाल आरोहणका लागि अनुमति लिएका ३७ आरोहीबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ र हिम्लुङ हिमाल आरोहणका लागि अनुमति लिएका १३० आरोहीबाट ७९ लाख ७४ हजार २० रुपैयाँ राजस्व प्राप्त भएको छ ।
मकालु हिमाल आरोहणका लागि अनुमति लिएका तीन आरोहीबाट भने सरकारले छ लाख ८८ हजार ५० रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।
चालु आवमा हिमाल आरोहण अनुमति शुल्कबाट संकलित राजस्वमध्ये मनास्लु र आमादब्लम हिमालको योगदान सबैभन्दा बढी देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया