गण्डकीमा नाटकीय राजनीति : गुरुङ यसरी भए फेरि मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।

बुधवार गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्ती गरेकी हुन् ।

पौडेलले गुरुङलाई नेपालको संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त मुख्यमन्त्री गुरुङको आजै सपथ हुने बताइएको छ ।

गत वैशाख २६ गते मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतसहित सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन् ।

त्यसको समयसीमा आज ४ बजेबाट सकिएपनि कांग्रेससहितका दलहरुले नयाँ सरकार गठनका लागि बहुमत पुर्याउन नसकेपछि प्रदेश सभाको ठूलो दलको संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्री दाबीसहित कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द नेपालीको नेतृत्वमा माओवादी, जसपा र जनमोर्चाले प्रदेश मुख्यमन्त्री नियुक्तीको लागि पत्र लेखेका थिए । तर जनमोर्चाका दुई सांसदले गठबन्धनको सरकारमा सहभागी नहुने बताएपछि बहुमत नपुगेको हो ।

यो पनि

गण्डकीमा राजनीतिक रमिता : दलको नेताबाट हटाउने कुरालाई वैधानिकता नदिनु भन्दै थापाले लेखे पत्र

स्पष्टीकरण दिन अटेर गरेपछि जनमोर्चाले थापालाई हटायो दलको नेताबाट

गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तीको माग गर्दै ४ दलले बुझाए पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?