गण्डकीमा राजनीतिक रमिता : दलको नेताबाट हटाउने कुरालाई वैधानिकता नदिनु भन्दै थापाले लेखे पत्र

काठमाडौं । आफूलाई राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशको संसदीय दलको नेताबाट हटाएपछि कृष्णबहादुर थापाले आपत्ती जनाएका छन् ।

पार्टीको निर्देशनविपरित काम गरेको भन्दै पार्टीले सोधको स्पष्टीकरण दिन समेत अटेर गरेको भन्दै आज संसदीय दलको नेताबाट हटाउनका लागि लेखिएको पत्र संसद सचिवालयमा पुगेको छ । तर थापाले आफू काम विशेषको शिलशिलामा बागलुङको भएको बेलामा गैरसंवैधानिक, गैरकानूनी रुपमा किर्ते गरिएको भन्दै त्यसलाई वैधानिकता नदिन समेत आग्रह गरेका छन् । त्यस्तै हाल आफू सरकार निर्माणको कुनै पनि गठबन्धनमा नरहेको समेत बताएका छन् ।

‘उपरोक्त विषयमा म प्रदेश सभामा राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेता रहेकोमा गण्डकी प्रदेशको सरकार गठनको सन्दर्भमा मलाई दल दलको नेताबाट हटाउने र कारवाही समेत गर्ने भन्ने हल्ला चलाइएकोमा मेरो ध्यानाकर्षण भएको छ । म पार्टी कामका सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर संवैधानिक, गैर कानूनी रुपमा किर्ते, जालसाजी समेत गरी कारवाही गर्ने एवं दलको नेताबाट वैधानिकता नदिनु हुन अनुरोध गर्दछ । म हाल सरकार निर्माणको विषयमा कुनै पनि गठबन्धनमा नलागी तटस्थ रहेको व्यहोरा अनुरोध गर्दछु ।’ थापाले प्रदेश सभालाई लेखिएको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?