काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई संसदमा आएर सम्बोधन गर्न आग्रह गरेकी छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बालेन अनुपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक २ घण्टासम्म सुरु हुन सकेको छैन । निरन्तर प्रधानमन्त्री बालेनकै कारण संसदमा अवरोध हुन थालेको भन्दै आशिकाले प्रधानमन्त्रीले आएर सम्बोधन गर्न माग गरिन् ।
‘प्रधानमन्त्री आउनु भएन भनेर २ घण्टा सम्म संसद अवरुद्ध । एक पल्ट प्रधानमन्त्रीज्यूले संसदमा आएर सम्बोधन गरिदिनु हुन हार्दिक अपिल गर्दछु, कति दिनसम्म हामी संसदहरुले घन्टौसम्म अवरुद्ध खेपिरहेनु पर्ने हो ?,’ उनले प्रश्न गर्दैै सामाजिक सञ्जालमा भनेकी छन् ।
त्यस्तै उनले आफूहरुको संसद बाहेक परिवार र थप जिम्मेवारी समेत रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया