राष्ट्रपति पौडेल समक्ष विभिन्न देशका राजदूतहरुको ओहोदाको प्रमाणपत्र पेस

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न मुलुकका नवनियुक्त गैरआवासीय राजदुतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक समारोहकाबिच इरान, अष्ट्रिया, रसिया र लग्जमवर्ग लगायतका देशका राजदुतहरूले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । विभिन्न मुलुकका राजदुतहरूले आ–आफ्नो मुलुकको तर्फबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्ने नियमित कुटनीतिक प्रक्रियाअन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?