गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तीको माग गर्दै ४ दलले बुझाए पत्र

काठमाडौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेससहित ४ दलले प्रदेश प्रमुख समक्ष पत्र बुझाएका छन् ।

आज कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोचाको गठबन्धनले नयाँ सरकारको दाबी गर्दै पत्र बुझाएका हुन् ।

चार दलले नयाँ सरकार गठनको दावी गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पत्र बुझाइएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै प्रदेश सभा सचिवालयले दुई वा दुई भन्दा बढी दलको गठबन्धन सरकार निर्माणका लागि आह्वान गरेकी छिन् । आज अपरान्ह ४ बजेसम्मका लागि समयसीमा तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?