के तपाईलाई जहाजमा यात्रा गर्दा डर लाग्छ ? यी टिप्सहरु पढ्नुहोस्

लोकपथ
0
Shares

काठमाडौं – के हवाईजहाजमा यात्रा गर्दा तपाईलाई डर लाग्छ ? धेरैको सहजै जवाफ आउँछ ‘प्लेन झर्ला कि ! भन्ने भयले सात्तो जान्छ ।’

आज हामी तपाईलाई विमानमा यात्राका क्रममा डर अर्थात् भय कसरी हटाउने भन्ने बारेमा जानकारी दिँदै छौँ ।

डरका कारणहरु  :
यो डरको मनोविज्ञान आफैँमा एउटा ‘फोबिया’ हो।
धेरजनालार्ई विमानमा डर लाग्ने पहिलो कारण हो – उचाइ । कुनै एउटा उपकरणमा बसेर कुनैपनि आधारविना गति लिइरहेको विमान उचाईमा छ भन्ने आभाष भएका कारण धेरैलाई डर हुन्छ ।

उडिरहेको विमान कतै ठोक्किएर वा विमानका संरचनाको कारण उडानको क्रममा प्लेन बिग्रियो भने भन्ने शंकाको कारण दोस्रो किसीमको भय पैदा हुन्छ ।

कहिलेकाहिँ बादलको झोक्काहरुसँग विमान ठोक्किँदा हल्लिने अवस्था र तलमाथि गर्दाको ‘मुभमेन्ट’का कारण पनि यस्तो डर बढ्छ ।

लोकपथले राखेको जिज्ञाशामा बुद्ध एयरमा लामो समयदेखि उडान भरिरहेका एकजना अनुभवी पाइलट भन्छन्, ‘यातायातका साधनमध्ये सबैभन्दा सुरक्षित साधन हवाई जहाज हो ।’
त्यसैले ‘कमर्शियल’ उडानमा यात्रा गर्दा तपाईले असुरक्षाको कत्तिपनि डर, भय र चिन्ता  मान्नु पर्दैन।

लोकपथले ति पाइलटसँग दोस्रो प्रश्न गर्‍यौँ : त्यसो भए विमान किन हल्लिन्छ ?

जवाफमा उनी भन्छन्, ‘विमान हल्लिने सबै कारणहरु र त्यसको प्राविधीक पाटोबारे यात्रु बेखबर हुन्छ । एकातिर सवारीमा चढ्दाभन्दा विमानमा चढेपछि उसको मनमा केहि न केहि चिसो पसिसकेको हुन्छ त्यो एउटा मनोविज्ञान भइरहेको हुन्छ भने अर्कोतर्फ विमानमा अक्सर यात्रुहरु एकदमै ध्यानमग्न हुन्छन् ।

अर्को कुरा सवारी त सबैतिरबाट सडक देखिन्छ अनि खाल्डो आएर हल्लिँदा होस् वा उकालो वा जाम भएर होल्ड हुन परेको अवस्था वा स साना घल्च्याङघुल्चुङ थाहा हुन्छ । फेरि हाम्रो देशमा सडक सुविधाको प्रयोग निरन्तर भइरहेका कारण पनि एक किसीमले बानी परेको हुन्छ । तर आफू यात्रारत विमानका पाइलट के गर्दैछन् भन्ने पनि देखिँदैन। त्यसमाथि चराजसरी आकाशमा प्लेन उडिरहेको देख्दा मनमा झसंग हुने किसीमको एक भाव वा तरंग उत्पन्न हुनु स्वभाविक पनि हो ।

अर्को याद गर्नुपर्ने कुरा के छ भने ‘एयर टरबुलेन्स’ भनिने हावाको झोक्कासँग प्लेन ठोक्किँदा प्लेन हल्लिन्छ। कहिले बिस्तारै हल्लिन्छ भने कहिले अलि बढी गतिका साथ । टेक अफपछि पांग्रा सेटहुँदा होस् वा ल्याण्ड गर्ने केहि समयअघि पाङ्ग्रा तल झार्दा पनि प्लेन हल्लिन्छ। विमान तलमाथि वा दायाँबायाँ हल्लिने हुन्छ ।

उनले थपे, ‘डर मान्नुपर्दैन अहिलेका प्लेनमा यति धेरै अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ कि पाइलटलाई प्राय टर्बुलेन्सको पूर्वसूचना आउँछ। सकेसम्म टर्बुलेन्स तर्काएर उडाउने वा त्यसलाई छलेर उडाउने प्रयास पाइलटले गर्ने भएको कारण र प्लेनको यान्त्रिक प्रविधि सबल भएकोले यात्रुले ढुक्क भइ यात्रा गर्दा हुन्छ ।’

स्वभाविक पनि हो डाँडाकाँडा भएको नेपाली आकाशमा विमान उडाउनु आफैँमा जोखिमपूर्ण छ । बेलबेलामा आउने दुर्घटनाका खबरले पनि मुटु हल्लाइदिन्छ । ति पाइलट स्विकार्छन् नेपालको भौगोलिक अवस्था, मौसम र विमानस्थलहरुको विकटताले गर्दा दुर्घटनाहरु भइरहेका छन् ।

उनले थपे, ‘क्युमुलो निम्बस ।’ जलवाष्पयुक्त यो बादल चलायमान हुन्छ, जसलाई ‘कालो बादल’ पनि भन्ने गरिन्छ । चट्याङ पार्ने र हावाहुरी चलिरहने यस्तो बादललाई पाइलटहरु सकेसम्म टाढै बस्न रुचाउँछन् । र, जहाजमा जडित मौसमी राडारले उक्त बादलको संकेत गर्नासाथ उडान ‘डाइभर्ट’ गर्छन्, पाइलटहरुले ।

लोकपथको तेस्रो प्रश्न थियो त्यसो भए तपाईलाई उडानका क्रममा सबैभन्दा असहज कतिबेला लाग्छ ?

उनको जवाफ यस्तो छ  :

‘असहज भन्ने हुँदैन । यो कुरा अनुभवमा पनि भर पर्छ । र हामी सबैजना के कुरामा पक्का छौँ भने विमानमा दोस्रो ‘चान्स’ हुँदैन ।

यद्यपी घनघोर वर्षा भएको बेलामा हामी अत्याधिक सतर्क हुनुपर्छ । त्यस्तो बेला जहाज धेरै ढलपल हुन्छ । यात्री आत्तिन्छन् । उनीहरु पाइलटको सन्देश वा एयरहोस्टेजको सहानुभूति/ सन्देश/जानकारी वा सूचना कुरिरहेका हुन्छन् ।

‘आकाश ढाकेर बसेका कुनै बादल स्थिर हुन्छन् भने कुनै चलायमान । ति जानकारी भएमा असहज हुँदैन । तर सबै समय सधै एकनास हुँदैन नि ।’

यो पनि पढ्नुहोस् : 

के हो ‘ब्ल्याक बक्स’ ? दुर्घटनाग्रस्त विमानका ‘ब्ल्याक बक्स’ यसकारण खोजिन्छन् ! 

सावधान !  जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति ! 
हवाइ यात्रा गर्दै हुनुहुन्छ ?  ध्यान दिनुहोस यी ४ कुरा

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

यी हुन् अहिलेसम्मकै १० डरलाग्दा विमान दुर्घटना

महिलाले विमानमै बच्चा जन्माएपछि गर्नुपर्यो आकस्मिक अवतरण

संसारकै पहिलो यात्रुबाहक विमान: कहिले उड्यो ? को थिए पाइलट ? 

उड्न लागेको विमानमा मौरी बसेपछि‘

‘टेकअफ’गर्ने क्रममा बोइङ विमानमा आगो लाग्यो (भिडियोसहित)

२ सय ३३ यात्रुको ज्यान बचाउने पाईलट, ‘हिरो अफ रसिया’ अवार्डबाट सम्मानित

उडिरहेको विमानको पाङ्ग्रा अचानक बाहिर निस्किएपछि‘ (भिडियोसहित) 

उडान भर्न तयार विमान भित्र दुई वटा परेवा उडेपछि‘

प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी उडाए विमान

क्याप्टेन भरत थापाः जसले सिता एअरको विमान ठूलो दुर्घटनाबाट बचाए, उनैका शब्दमा ‘त्यो २९ मिनेट’

डोनाल्ड ट्रम्प चढ्ने ‘एयर फोर्स वान’ संसारकै शक्तिशाली विमान, जानिराखौँ दश रहस्य 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?