काठमाडौं । डेन्टल साइन्स हाइजेनिष्ट एसोसिएसन नेपालले मुख स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा दन्त स्वास्थ्य सेवामा पहुँच विस्तारको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ३५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
एसोसिएसनले ग्रामीण तथा दुर्गम क्षेत्रमा कार्यरत डेन्टल हाइजेनिष्ट र डेन्टल असिस्टेन्टहरूले अनुगमनका नाममा दुर्व्यवहार तथा अपमानजनक व्यवहार भोग्नुपरेको भन्दै त्यसको अन्त्य गर्न सरकारसँग माग गरेको छ ।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाका अनुसार सीमित स्रोतसाधनका बीच सेवा दिइरहेका जनशक्तिलाई सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता छ ।
ज्ञापनपत्रमा बजारमा बिक्री हुने औषधियुक्त मन्जनको गुणस्तर परीक्षण गर्नुपर्ने, सरकारी अस्पतालमा दन्त स्वास्थ्य जनशक्तिको दरबन्दी वृद्धि गर्नुपर्ने तथा निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई पनि सरकारीसरह सेवा–सुविधा उपलब्ध गराउनुपर्ने माग समेटिएको छ ।
एसोसिएसनले यी मागहरू सम्बोधन नगरे मुख स्वास्थ्य सेवा प्रणाली नै कमजोर हुने चेतावनीसमेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया