काठमाडौं । नेपाली बजारमा ग्राहकहरुलाई आकर्षित गरिरहेको प्रोटोन इ. मास७ को फेसलिफ्ट भेरियन्ट नेपाली बजारमा सार्वजनिक भएको छ ।
केही वर्षदेखि नेपाली सडकमा गुडिरहेको प्रोटोन इ.मास ७ मा नयाँ फिचर्सहरु थप गरी बजारमा ल्याइएको हो ।
मलेसियाको प्रशिद्ध अटोमोबाइल ब्राण्ड प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बजारमा ल्याएको प्रोटोन इ. मास ७ को फेसलिफ्ट भेरियन्ट मंगलबार सार्वजनिक भएको हो ।
नाडा अटो शो २०२६ मा लञ्च गरिएको उक्त इलेक्ट्रिक एसयूभीमा १०० किलोमिटरको मोटर क्षमता रहेको छ ।
कम्पनीका अनुसार फूल चार्जमा ४१० किलोमिटरसम्म कुद्न सक्ने रेन्ज क्षमता प्रोटोन इ. मास ७ मा रहेको छ ।

यस्तै एसी, डीसी चार्जिङ प्रयोग गर्न मिल्ने उक्त एसयूभी फास्ट चार्जरबाट चार्ज गर्दा ३० देखि ८० प्रतिशत चार्ज केवल २० मिनेटमा नै हुनेछ । प्रशस्त स्पेस रहेको उक्त गाडीमा रहेको ठूलो बुट स्पेसले लामो यात्राका लागि थप सहजता प्रदान गर्दछ । कम्पनीका अनुसार १७३ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । त्यसको साथै फराकिलो फुट स्पेस र आरामयादी हेडरुम रहेका कारण प्रयोगकर्ताहरुका लागि यात्रामा थप आरामदायी महसुस हुने देखिन्छ ।
त्यसो त यसअघि प्रोटोनको इ.मास ७ प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको ६७ लाख ९९ हजार रहेको थियो ।
प्रोटोन इ. मास७ प्राइम र प्रिमियर गरी दुई भेरियन्ट उपलब्ध रहेका छन् । प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार तोकिएको छ भने प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया