‘नाडा अटो शो लक्षित मुक्तिनाथको अटो लोन अफर, कागजात पूरा भए २४ घण्टामै कर्जा

लोकपथ
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकले ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन् । बैंकले बेस रेटमा ० प्रतिशतको विशेष प्रिमियमसहित उक्त कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ ।

नाडा अटो शोको अवसरमा ल्याइएको यो विशेष ब्याजदर योजना २०८३ साल भदौ मसान्तसम्म लागू हुनेछ । उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यस योजनाले ग्राहकलाई आफ्नो रोजाइको सवारीसाधन खरिदका लागि सहज, छिटो र सरल रूपमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?