काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शोलाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका सवारीसाधन खरिद गर्न अटो कर्जा लिन सक्नेछन् । यस्तो कर्जामा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्र थप गरी ब्याजदर निर्धारण गरिनेछ ।
यस्तै, कर्जाको प्रशासनिक शुल्कमा पनि सहुलियत दिइएको छ । ग्राहकले सामान्य शुल्कको सट्टा ०.५ प्रतिशत मात्र सेवा शुल्क तिर्नुपर्ने बैंकले जनाएको छ ।
अटो कर्जा लिने ग्राहकले कुनै अतिरिक्त शुल्क नतिरी ३ लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा पनि पाउनेछन् ।
नाडा अटो सोको अवसरमा सवारीसाधन खरिद गर्ने ग्राहकलाई सहज र आकर्षक वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया