काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५.३० अंकले घटेर २५ सय ९४ दशमलव २७ बिन्दुमा झरेको छ । योसँगै नेप्सेमा लगातार दोस्रो दिन गिरावट आएको हो ।
आज विकास बैंक र निर्जीवन बीमा समूहबाहेक अन्य सबै समूहका उपसूचक घटेका छन् ।
परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ३५७ कम्पनीका १ करोड ४४ हजार १६४ कित्ता शेयर ४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि सोमबार ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज कुल १८७ कम्पनीको शेयर मूल्य घटेको छ भने ७८ कम्पनीको शेयर मूल्य बढेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।
कारोबारमा सर्वोत्तम पेन्टस् इन्डष्ट्रिजको शेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १४.९५ प्रतिशतले वृद्धि भएको छ ।
यता धौलागिरी लघुवित्तको शेयर मूल्य सर्वाधिक १०.०७ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया